कोरोना उपचारमा प्लाज्मा थेरापीको तयारी « Khabarhub

कोरोना उपचारमा प्लाज्मा थेरापीको तयारी

निर्देशिका बनाउँदै स्वास्थ्य मन्त्रालय


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणले जटिल अवस्थामा अस्पताल आउने बिरामीको उपचार लागि प्लाज्मा थेरापी विधिबाट गर्ने तयारी गरेको छ ।

प्लाज्मा थेरापी विधिबाट कोरोनाका जटिल प्रकारका बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले विज्ञहरूको टोलीलाई निर्देशिका बनाउन निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले खबरहबलाई बताए ।

‘नेपालमा पनि प्लाज्मा थेरापीबाट कोरोनाका बिरामीको उपचार गर्ने सोचमा स्वास्थ्य मन्त्रालय छ,’ डा. अधिकारीले भने, ‘विज्ञहरू निर्देशिका बनाउँदै हुनुहुन्छ।’ उनका अनुसार विज्ञटिमले निर्देशिकाको ड्राफ्ट अन्तिम चरणमा पुगेको र त्यो चाँडै अब स्वाास्थ्य मन्त्रालयमा बुझाइनेछ ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञहरूको नेतृत्वमा अन्य विज्ञहरू पनि बसेर गाइडलाइनको एउटा खाका बनाउँदै हुनुहन्छ,’ डा अधिकारीले भने, ‘उहाँहरूलाई त्यो निर्देशिकाको ड्राफ्टको खाका मन्त्रालयमा पेस गरेपछि मन्त्रालयले फाइनल निर्देशिका बनाउँछ ।’ विज्ञको टोलीले सकेसम्म आज (मंगलबार) नै मन्त्रालयलाई ड्राफ्ट बुझाउने तयारी गरेको छ ।

प्लाज्मा थेरापी विधिको निर्देशिका तयार भएपछि कोरोनाका बिरामीको उपचारका लागि प्रक्रिया शुरु हुनेछ ।

प्लाज्मा थेरापीबाट कसरी हुन्छ उपचार ?

प्लाज्मा थेरापी विधिको निर्देशिका बनाउने समूहका एक विज्ञ चिकित्सकका अनुसार प्लाज्मा थेरापी भनेको निको भइसकेका कोरोना संक्रमित व्यक्तिको रगतबाट प्लाज्मा निकालेर उक्त प्लाज्मा कोरोनाको कारण स्वास्थ्य अवस्था जटिल बनेको व्यक्तिमा चढाउनु हो ।

कोरोना किनो भइसकेका व्यक्तिको प्लाज्मामा रोगसँग लड्ने एण्टीबडी निर्माण भइसकेको हुन्छ । यस्तो व्यक्तिको शरीरको प्लाज्मा कोरोना संक्रमणले जटिल अवस्थामा पुगेकालाई प्रभावकारी उपचार हुनसक्ने ती चिकित्सकले बताए ।

उनले भने, ‘कोरोना निको भएको व्यक्तिको प्लाज्मामा कोरोनाविरुद्ध लड्ने एण्टीबडी निर्माण भएको हुन्छ, त्यो एण्टीबडीले भाइसरलाई कम गर्न सक्छ ।’

उनका अनुसार कोरोना निको भएका व्यक्तिको शरीरमा कोरोनालाई जित्न सक्ने एण्टीबडी निर्माण भएको हुन्छ । त्यसले कोरोना संक्रमणले जटिल बनेका बिरामीको शरीरमा चढाउँदा बिरामीलाई निको हुन मद्दत पुग्छ । यो विधिमा संक्रमणको समयमा निमोनिया भइसकेको हुनु हुँदैन ।

प्लाज्मा थेरापी विधिमा निको भइसकेका संक्रमितको शरीरबाट रगत निकालेर प्लाज्मा छुट्याइन्छ र कोरोनाले जटिल अवस्थामा पुगेका बिरामीलाई चढाइन्छ । उक्त प्लाज्मामा प्रोटिन र एण्टीबडी हुने भएकाले कोरोनाले जटिल अवस्थामा पुगेकालाई निको हुन मद्दत गर्छ । अन्य देशहरूमा पनि यो विधिको परिणाम राम्रो पाइएको छ ।

नेपालमा प्लाज्मा थेरापी सुरु गर्न शनिबार कोरोना निको भएर घर फर्किएकी काठमाडौंकी प्रशिद्धि श्रेष्ठले आफ्नो प्लाज्मा दिन तयार भएको पनि ती चिकित्सकले बताए ।

‘नेपालमा अहिले यो विधिबाट पनि उपचार गर्ने कि भनेर निर्देशिका बन्दै छ, प्लाज्मा थेरापी विधिबाट पनि उपचार हुने भएमा केही दिनअघि कोरोना निको भएकी युवतीले प्लाज्मा दिन तयार छु भनिसकेकी छन्,’ एक चिकित्सकले खबरहबसँग भने, ‘निर्देशिका बनेर यसको प्रक्रिया पूरा भएपछि यो विधिबाट उपचार गर्न सकिन्छ ।’

उनका अनुसार प्लाज्मा थेरापी कहिले सुरु हुन्छ भन्ने चाहिँ निर्देशिका तयार भएपछि मात्र थाहा हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : ४० बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक