विराटनगर– आइतबार राति आएको हावाहुरीसँगै परेको पानीले मोरङको मिक्लाजुङ गाउँपालिका–४ स्थित क्वारेन्टाइनमा क्षति पुगेको छ ।
हावाहुरीले पाल, खानेपानी फिल्टर , बिजुली तथा इन्टरनेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
मिक्लाजुङको टाँडीमा २०० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा नेपाली सेनाले टाँडीमा क्वारेन्टाइन बनाएको हो ।
प्रतिक्रिया