लकडाउनका बेला घर घरमै पुगेर बृद्धभत्ता वितरण « Khabarhub

लकडाउनका बेला घर घरमै पुगेर बृद्धभत्ता वितरण


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्नया– बैतडीको सुर्नया गाउँपालिकाले घरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ को कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहेपछि घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए । गाउँपालिकाले दोस्रो चौमासिकका सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । पहिलो दिन बिजुल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडाध्यक्षसँगै गाउँपालिका उपाध्यक्ष लीला विष्ट, वडा सचिव दानसिंह विष्ट, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । यसपछि बाँस र गोयलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ भने वैशाख ९ गते डुङरीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष भट्टले जानकारी दिए ।

वैशाख १० गते तडीगाउँ र साविकको भौनेलीको वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ । सुर्नया गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ४४ बजे

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण