संकलित तरकारीलाई निसंक्रमण गरेर मात्रै बिक्रिवितरण गराउने महानगरको तयारी « Khabarhub

संकलित तरकारीलाई निसंक्रमण गरेर मात्रै बिक्रिवितरण गराउने महानगरको तयारी


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट जोगिन निसंक्रमणयुक्त तरकारी बजारको व्यवस्थापनका लागि महानगरले काम गरिरहेको बताएकि छिन् ।

कोरोना मानिसले मानिसलाई छोएर मात्र सर्ने होइन । दैनिक रुपमा प्रयोग हुने खाद्य तथा उपभोग्य बस्तुबाट घरमै बसेको मान्छेमा भाइरस सरेर आउन सक्छ ।

गैर नेपाली संघले सामाजिक उत्तरदायित्व अन्तर्गत बसुन्धरामा सञ्चालन गरिरहेको तरकारी प्याकेजिङ् तथा बिक्री स्थलको निरीक्षण गर्ने क्रममा उपप्रमुख खड्गी श्रेष्ठले भनिन्,— संकलित तरकारीलाई निसंक्रमण गरेर बिक्री गरेपछि तरकारीबाट आउन सक्ने सम्भावित जोखिम रोक्न सकिन्छ ।

काठमाडौंमा भएका पार्टी प्यालेसहरु सञ्चालनमा नआउञ्जेल ती ठाउँलाई प्रयोग गरेर यस्तै गरी प्याकेजिङ् गरिएका तरकारी बिक्री वितरण व्यवस्था मिलाउने महानगरको योजना हो, उनले सुरक्षित व्यवहारबाट सम्भावित जोखिम घटाउन कामलाई प्रवर्धन गरिरहेको प्रतिक्रिया दिईन् ।

उपभोक्ताले ढुक्कसँग तरकारी किन्ने वातावरण तयार गरेको छौं । संघको मुना कृषि कार्यक्रमका संयोजक युवराज गुरुङ्ले भने,— स्वच्छ, स्वस्थ्य र ताजा तरकारी संकलन गरेर यसलाई धुन्छौं । धोएको तरकारी सुकाएपछि गुणस्तर मापन गरेर प्याकेजिङ् र लेवलिङ् गर्छौं । यसपछि मात्र तरकारी बिक्रीका लागि तयार हुन्छ ।

संघको कृषि प्रर्बधन समितिका उपाध्यक्ष कपिलदेव थापाका अनुसार नेपालमा उत्पादन भएको ताजा तरकारी स्थानीय र अन्तरराष्ट्रिय उपभोक्ताको पहुँचमा पु¥याएर नेपालको कृषि क्षेत्रलाई बढाउने योजना सुनाए।

प्याकेजिङ् तरकारीलाई सुपरमार्केट, एक्सप्रेस, मोबाइल र अनलाइन मार्केटसँगै अन्तरराष्ट्रिय बजारमा पु¥याउन हामीले प्रदेश ३ सरकारसँग सम्झौता गरेका छौं भने काठमाढौं महानगरसँग समन्वय गरिरहेका छौं ।

संघका अधिकारीकाअनुसार तरकारीको गुणस्तर हेर्न खाद्य तथा गुण नियन्त्रण बिभागका पूर्वअधिकारी र कृषिबिज्ञहरुलाई आवद्ध गराइएको छ ।

बजार निरीक्षणका क्रममा महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीसहित अधिकारीहरु सहभागी थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : ०३ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि