क्यानडाले ३ वर्षमा १० लाख आप्रवासीलाई भित्र्याउँदै « Khabarhub

क्यानडाले ३ वर्षमा १० लाख आप्रवासीलाई भित्र्याउँदै


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडा धेरै नेपालीको सपनाको सहर पनि हो । तपाईं पनि क्यानडा जाने सोचिरहनु भएको छ भने खुसीको खबर छ ।

केही समय अघि मात्र क्यानडाको संसदले तीन वर्षभित्र १० लाख भन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ । क्यानडाले यसरी आप्रवासी भित्र्याउन थाले सँगै त्यहाँ प्रतिवर्ष १ प्रतिशत जनसंख्या थपिनेछ ।

सन् २०१८ मा मात्र पनि क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियोे । २०१९ मा यो संख्या साढे ३ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ ।

क्यानडाका अन्य मित्रराष्ट्रहरुले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाई गरिरहँदा उसले भने उदार नीति अपनाइरहेको छ । क्यानडाले यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ । हालसम्म क्यानडाका कूल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगको तथ्याङ्क छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ५५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा