मन्त्रिपरिषद बैठकपछि पूर्वमाओवादी मन्त्रीहरु प्रचण्ड निवास खुमलटारमा | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठकपछि पूर्वमाओवादी मन्त्रीहरु प्रचण्ड निवास खुमलटारमा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ नेकपाभित्र राजनीतिक ध्रुविकरण बढेको छ ।

सोमबार मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्व माओवादीका मन्त्रीहरुको अलग्गै बैठक बसेको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको बैठक बसेको थियो ।

बैठकपछि अहिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनसहित पूर्व माओवादीबाट सरकारमा सहभागी केही मन्त्रीहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

हाल राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : १८ बजे

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक

कञ्चनपुर– ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि

विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

म्याग्दी–  विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन्