पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णयपछि कांग्रेसले भन्यो- बेमौसमी बाजा नबजाऔं « Khabarhub

पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णयपछि कांग्रेसले भन्यो- बेमौसमी बाजा नबजाऔं


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले कोरोनाभाइरसको महामारीकाबीच बेमौसमी बाजा नबजाउन सरकारलाई आग्रह गरेको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने निर्णय गरेसँगै कांग्रेसले यसलाई बेमोसमी बाजाको संज्ञा दिएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारमा अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने भएको र नेपालका लागि पनि यतिबेला अन्य सबै विषय गौण भएको र रहनुपर्ने उल्लेख गरेका छन् । उनले नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहन सम्पूर्ण सोच र शक्ति समर्पित हुनुपर्ने जनाएका छन् ।

सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ठाडो प्रस्तावमा अध्यादेश ल्याउने निर्णय भएको हो ।

अहिलेको राजनीतिकि दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत बहुमत भएमात्र पार्टी फुटाउन सकिने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद् बैठकमा अहिले अध्ययादेश जारी गर्ने समय नभएको भन्दै केही मन्त्रीले भनेपनि प्रधानमन्त्रीले भने नेकपामा कुनै समस्या नभएको र नेकपा फुटाउनका लागि यो अध्यादेश नभएको प्रष्टिकरण दिएका थिए ।

मन्त्रिपरिषद् बैठक लगत्तै पूर्व माओवादी पक्षका मन्त्रीहरु नेकपा अध्यक्ष प्रचण्डलाई भेट गर्न र पछिल्लो अवस्थाबारे छलफल गर्न खुमलटार पुगेका थिए ।

मन्त्रिपरिषद् बैठकपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : १६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको