नेकपा सचिवालय बैठक सकियो, राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवासमा « Khabarhub

नेकपा सचिवालय बैठक सकियो, राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवासमा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक सकिएको छ ।

सचिवालय बैठक सकिएसँगै्र प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शितलनिवास पुगेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक सकिएसँगै प्रधानमन्त्री शितल निवास गएका हुन् ।

प्रधानमन्त्री किन शितलनिवास जानु भएको हो भन्ने बैठकपछि पत्रकारको प्रश्नमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केही जवाफ दिएनन् । बैठकमा कोरोना भाइरस नियन्त्रण, सरकारका निर्णयहरुबारे छलफल भएको उनले बताए ।

संवैधानिक निकाय लामो समय रिक्त रहँदा नियुक्ति लगायतका काम गर्न नसकिएकाले अध्ययादेश आवश्यक भएको प्रधामन्त्री ओलीले बैठकमा बताएको श्रेष्ठको भनाइ थियो ।

दुई घन्टा भन्दा लामो समय बसेको नेकपा सचिवालय बैठकमा सरकारले गरेको पछिल्लो निर्णय लगायका विषयमा छलफल भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोध गर्ने गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत भए पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने तथा संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त दुबै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारीसमेत भइसकेको छ ।

अध्ययादेश ल्याउने निर्णय गरेसँगै नेकपाले सचिवालय बैठक बोलाएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ३४ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको