कांग्रेसले बोलायो पदाधिकारी बैठक | Khabarhub Khabarhub

कांग्रेसले बोलायो पदाधिकारी बैठक


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सरकारले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश ल्याएको र राष्ट्रपतिले समेत जारी गरिसकेको सन्दर्भमा आवश्यक निर्णय लिनका लागि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक मंगलबार विहान ९ बजेका लागि बोलाइएको छ ।

कोरोना महामारीको बेलामा सरकारले बेमौसमी बाजा बजाएको र सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको कांग्रेले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।

सभापति देउवाले कोरोना महामारीको यो घडीमा सत्ताको उन्माद प्रस्तुत गर्नु नेपाली इतिहासकै सबैभन्दा दुखद् घटना भएको उल्लेख गरेका छन् ।

कोरोना संक्रमणको बेला सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुको साटो सरकारले सत्ताको खेल खेलको कांग्रेसको आरोप छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ५६ बजे

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।