काठमाडौंको वर्षा र सुनसान सडक (फोटोफिचर) « Khabarhub

काठमाडौंको वर्षा र सुनसान सडक (फोटोफिचर)


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम रोक्न नेपालमा लकडाउन लागू गरिएको आज २९ औं दिन पुगेको छ ।

करिव एक महिना लकडाउन हुँदा दैनिक मजदुरी गर्नेहरुको अवस्था एकातिर दयनीय बन्दै गएको छ भने अर्को तिर कोरोनाको संक्रमण फैलिन सक्ने खतारमा मानिसहरु चिन्तित छन् ।

लकडाउनका कारण सडक सुनसान बनेका छन् । अत्यावश्यकीय बाहेकका सवारी साधन चल्न दिइएको छैन भने अनावश्यक घर बाहिर निस्किनेहरुमाथि समेत प्रहरीले कडा निगरानी बढाएको छ ।

यसैबीच आज विहानै देखि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वर्षा भइरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्ला, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लामा पानी परिरहेको जनाइएको छ ।

सुनसान सडक र वर्षे झरीमा देखिएको काठमाडौंका केही तस्वीर यस्ता छन्-

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ५० बजे

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय