गगन थापाले प्रधानमन्त्रीलाई भने - अब सरकार चलाउने वैधता तपाईंसँग रहँदैन् | Khabarhub Khabarhub

गगन थापाले प्रधानमन्त्रीलाई भने – अब सरकार चलाउने वैधता तपाईंसँग रहँदैन्


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले अहिलेको क्षणमा अध्यादेशहरु जारी गर्नु संविधानको मर्म विपरितको कदम भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डललाई मेन्सन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

थापाले नयाँ अध्यादेशका विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीलाई सोधेका छन्, ‘महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईंको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ। संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै। संकटको यो घडीमा तपाईंको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईंसँग रहला,वैधता भने अब रहँदैन।’

 

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ३८ बजे

सङ्क्रमणकालीन न्याय निरुपणमा पीडितको असहमति अर्को विद्रोहको कारक नबनोस्

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष हुनै लाग्दासम्म पनि सङ्क्रमणकालीन

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेसी प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदन

प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से

काठमाडौं– प्रि सेसन अवधिमा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासङ्घको आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले