लकडाउनका बेला कृषिवस्तु बजारीकरण गर्न आकस्मिक ढुवानी सेवा शुरु गरिँदै « Khabarhub

लकडाउनका बेला कृषिवस्तु बजारीकरण गर्न आकस्मिक ढुवानी सेवा शुरु गरिँदै


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपक्षीजन्य वस्तु बजारीकरणका लागि आकस्मिक ढुवानी सेवा सञ्चालन गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले आकस्मिक ढुवानी सेवा सञ्चालनको निर्णय गरेको हो ।

कोरना भाइरसको रोकथाम तथा नियन्त्रणार्थ नेपाल सरकारले गरेको बन्दाबन्दीले किसानको उत्पादन सहजै बजारीकरण नहुने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आकस्मिक ढुवानी सेवाका निम्ति दुईवटा गाडी सञ्चालन गर्ने निर्णय गरेको सहकारीमन्त्री केसीले जानकारी दिइन् ।

‘हामीले यहाँका (तरकारी, दूध, अण्डा, मासु) व्यापारी तथा जिल्ला प्रशासन सुर्खेतलाई राखेर यो निर्णय गरेको छौँ,’ मन्त्री केसीले भनिन्, ‘अब किसानले उत्पादन गरेका तरकारी, दूध, अण्डा र मासुजन्य वस्तुको बजारमा सहज आपूर्ति हुनेछ । यसबाट उत्पादक, व्यापारी र उपभोक्ता सबैले लाभ लिनेछन् ।’ उनले अत्यावश्यक काममा सहजीकरण गर्न प्रशासनलाई अनुरोध गरिएको जानकारी दिइन् ।

कोरोनाको संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण किसानको उत्पादन बजारमा नपुग्दा कुहिएर उनीहरु मारमा पर्ने, यता उपभोक्ताले खान नपाउने अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले अण्डा, तरकारी, दूध र मासु व्यापारीलाई सहजै किसानसँग सम्पर्क राख्ने व्यवस्था मिलाइएको मन्त्री केसीले बताइन् ।

व्यापारीसँग सहज पहुँच नभएका र कारणवश उत्पादित वस्तु बजार पुर्‍याउन नसकेका किसानको सहजीकरणका लागि पशुपक्षी तथा कृषि विकास निर्देशनालयको गाडीले आकस्मिक ढुवानी सेवा दिने उनको भनाइ थियो ।

यसका लागि दुवै निर्देशनालयमा र्यापिड रेस्पोन्स सेन्टर तत्काल बनाएर काम थालनी हुने उल्लेख गर्दै मन्त्री केसीले भनिन्, ‘यो निर्णय कार्यान्वयनका लागि पशुपक्षी तथा कृषि उपजमा देखापरेका समस्या समधान गर्न मन्त्रालयका निमित्त सचिव हरिप्रसाद पण्डित संंयोजकत्वको गठित कार्यदललाई निर्देशन दिइएको छ । उक्त कार्यदलले विभिन्न बाली तथा तरकारीका बीउ सङ्कलन र भण्डारण गर्नमा समेत सहयोग गर्नेछ ।’

उनका अनुसार बन्दाबन्दीका कारण भोलिको खाद्य सङ्कटलाई रोक्न र बाली भित्र्याउने समयलाई नचुकाउन किसानलाई सामाजिक दूरी कायम गरेर खेतबारीमा काम गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ३८ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध