अध्यादेश फिर्ता लिन सरकारलाई दवाव दिने कांग्रेसको निर्णय | Khabarhub Khabarhub

अध्यादेश फिर्ता लिन सरकारलाई दवाव दिने कांग्रेसको निर्णय


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले सरकारले संविधानको मूल मर्म, भावना विपरित अहिलेको परिस्थितिमा ल्याउन नहुने अध्यादेश ल्याएको ठहर गर्दै ती अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय गरेको हो ।

सरकारसँग प्रत्यक्ष संवाद तथा विभिन्न रचनात्मक विरोधका कार्यक्रमबाट अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘अहिले सडकमा गएर प्रदर्शन गर्ने अवस्था छैन । हामी पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने अवस्था छ,’ कांग्रेस प्रवक्ता शर्माले भने, ‘तर सामाजिक सञ्जालमार्फत यस बीचमा हजारौं साथीहरुले कालो झण्डाको प्रदर्शनी गरिरहनु भएको छ ।’

प्रवक्ता शर्माले सरकारको निर्णयानुसार जारी भएका अध्यादेशविरुद्ध पार्टीका भातृ तथा सुभेच्छु संस्थाहरुले पनि आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ४४ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको