उदयपुरको एउटै गाउँका ८ जनामा कोरोना संक्रमणको आशंका, धरानमा थप परीक्षण हुँदै « Khabarhub

उदयपुरको एउटै गाउँका ८ जनामा कोरोना संक्रमणको आशंका, धरानमा थप परीक्षण हुँदै


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरमा एउटै गाउँमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोनाको नतिजा संकास्पद देखिएपछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

कोशी अस्पतालमा भएको प्रयोगशालामा कोरोना संकास्पद देखिए पछि थप परीक्षणका लागि उनीहरुको  नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको कोशी अस्पतालका एक चिकित्सकले बताए ।

‘कोशी अस्पतालको प्रयोगशालामा भएको नमूना संकास्पद देखिए पछि अहिले उनीहरुको नमूना धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षणका लागि पठाइएको छ,’ कोशी अस्पतालका एक चिकित्सकले खबरहबसँग भने, ‘अहिले नै कोरोना पुष्टि हो भन्न मिल्दैन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानबाट रिपोर्ट आए पछि मात्रै यकिन गरेर भन्न सकिन्छ ।’

कोशी अस्पतालका चिकित्सकका अनुसार कोरोना संक्रमणको आश‌ंका गरिएकाहरुको रिपोर्ट बीपी कोइराला प्रतिष्ठानबाट मंगलबार बेलुकासम्म  आउने सम्भावना छ ।

केही दिन अगाडि उदयपुरको भुल्के मस्दिजमा रहेका १२ भारतीय र १ नेपाली गरी १३ जनामा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रका बासिन्दाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर ल्याइएको थियो ।

विराटनगरको कोशी अस्पतालमा रहेको ल्याबमा परीक्षणका क्रममा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आउने ८ जनामा भुल्के मस्जिद रहेको क्षेत्रका घरधनी हुन् ।

नेपाली सेनाको मेडिकल टोलीले सोमबार पनि त्यस क्षेत्रका अन्य बासिन्दाको स्वाब संकलन गरेको थियो । तर, सोमबार संकलन गरिएका स्वाब परीक्षणको नतिजा भने आइसकेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १ : ०३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६