उदयपुरको एउटै गाउँका ८ जनामा कोरोना संक्रमणको आशंका, धरानमा थप परीक्षण हुँदै | Khabarhub Khabarhub

उदयपुरको एउटै गाउँका ८ जनामा कोरोना संक्रमणको आशंका, धरानमा थप परीक्षण हुँदै


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरमा एउटै गाउँमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोनाको नतिजा संकास्पद देखिएपछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

कोशी अस्पतालमा भएको प्रयोगशालामा कोरोना संकास्पद देखिए पछि थप परीक्षणका लागि उनीहरुको  नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको कोशी अस्पतालका एक चिकित्सकले बताए ।

‘कोशी अस्पतालको प्रयोगशालामा भएको नमूना संकास्पद देखिए पछि अहिले उनीहरुको नमूना धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षणका लागि पठाइएको छ,’ कोशी अस्पतालका एक चिकित्सकले खबरहबसँग भने, ‘अहिले नै कोरोना पुष्टि हो भन्न मिल्दैन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानबाट रिपोर्ट आए पछि मात्रै यकिन गरेर भन्न सकिन्छ ।’

कोशी अस्पतालका चिकित्सकका अनुसार कोरोना संक्रमणको आश‌ंका गरिएकाहरुको रिपोर्ट बीपी कोइराला प्रतिष्ठानबाट मंगलबार बेलुकासम्म  आउने सम्भावना छ ।

केही दिन अगाडि उदयपुरको भुल्के मस्दिजमा रहेका १२ भारतीय र १ नेपाली गरी १३ जनामा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रका बासिन्दाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर ल्याइएको थियो ।

विराटनगरको कोशी अस्पतालमा रहेको ल्याबमा परीक्षणका क्रममा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आउने ८ जनामा भुल्के मस्जिद रहेको क्षेत्रका घरधनी हुन् ।

नेपाली सेनाको मेडिकल टोलीले सोमबार पनि त्यस क्षेत्रका अन्य बासिन्दाको स्वाब संकलन गरेको थियो । तर, सोमबार संकलन गरिएका स्वाब परीक्षणको नतिजा भने आइसकेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १ : ०३ बजे

प्रभावकारी बन्दै बिर्तामोडको तरकारी बिक्री केन्द्र

झापा– बिर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ

छ सय वर्षपछि विस्फोट भएको ज्वालामुखीका कारण रुसमा ठूलो भूकम्प गएको अनुमान

काठमाडौं– रुसको कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीको रातभरि भएको विस्फोट ६००

‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा

भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च

काठमाडौं– भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्यामा उच्च वृद्धि

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रममात्रै हो : कानुनमन्त्री चौरसिया

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट