राहातमा कुहिएको खाद्यान्न बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ « Khabarhub

राहातमा कुहिएको खाद्यान्न बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलया– लकडाउन प्रभावितलाई कुहिएको खाद्यान्न राहातमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले सोधपुछका लागि कलैयाका मेयर राजेश राय यादवलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले मेयर यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

‘कुहिएको खाद्यान्न राहातमा वितरण गरेको सन्भर्दमा हामीले अनुसन्धान गरिरहेका छौं,’ पंगेनीले खबरहबसँग भने, ‘सोही सन्दर्भमा उहाँ (मेयर यादव)लाई नियन्त्रणमा लिएका हौं । अहिले उहाँसँग सोधपुछ भइरहेको छ ।’

कलैया उपमहानगरपालिकाले गत चैत २८ गते वितरण गरेको राहातमध्ये दाल, चामललगायत खाद्यान्न कुहिएको भेटिएको थियो ।

राहातमा वितरण गरिएको खाद्यान्न कुहिएको भेटिएपछि चैत २९ गते जिल्ला प्रशासन कार्यालयले मेयर यादवको घरमा छापा मारेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार राहातमा कुहिएको खाद्यान्न वितरण गर्ने प्रकरणमा संलग्न अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  २ : २४ बजे

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी