राहात नपाएपछि लकडाउन उल्लंघन, स्थानीयद्वारा वडा कार्यालयमा धर्ना « Khabarhub

राहात नपाएपछि लकडाउन उल्लंघन, स्थानीयद्वारा वडा कार्यालयमा धर्ना


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीकाे टीकापुर नगरपालिका बासीले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा धर्ना दिन थालेका छन् ।

वडा कार्यालयले राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रही ढङ्गले राहत वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको भन्दै स्थानीयले धर्ना दिन शुरु गरेका हुन् ।

नगरपालिका वडा नंं. १ मा सबैभन्दा बढी समस्या देखिएको छ । राहतका लागि सङ्कलन भएको तथ्याङ्कमा आफूहरुलाई नसमेटेको भन्दै स्थानीय महिलाहरु दिनहुँ वडा कार्यालयमा धर्ना दिने गरेका छन् । सामाजिक दूरी समेत कायम गरिएको छैन ।

एउटै टोलमा कसैले राहात पाउने कसैले नपाउने भएको स्थानीयको गुनासो छ । दिनभरि श्रम गरेर मात्र साँंझ–बिहानको छाक टार्न पुग्ने श्रमिकहरुले राहत नपाएको र नगरपालिकाले आफूअनुकूल हुने गरी राहत वितरण गरेको स्थानीयले गुनासो गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. १ की लायकरानी डंगौरा थरूनीको परिवारमा ६ जना सदस्य छन् । श्रीमान् फरक क्षमताका (अपाङ्ग) छन् भने बुहारी एकल महिला हुन् । तीनजना नाती–नातिना छन् । ठेलामा व्यापार गरी गुजारा गर्दै आएकी उनले राहत नपाएको गुनासो गरिन् । उनले तीन दिनसम्म वडा कार्यालय धाउँदा पनि कसैले सुनुवाई नगरेको बताउँदै गाउँमा तथ्याङ्क सङ्कलनका लागि पनि कोही नआएको बताइन् ।

उमेरले ७० पार गरिसकेकी लायकरानीले भनिन्, ‘गरीबको कोही हुँदोरहेनछ । सकिनसकी तीन दिनसम्म वडा कार्यालय धाएँ । सबै राहत ल्याएरै फर्के तर मलाई कसैले वास्ता नै गरेनन् ।’

वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले तथ्याङ्क सङ्कलन गर्दा केही वास्तविक पीडितहरुको नाम छुटफुट हुन गएको स्वीकार गरे । उनले आफू वास्तविक पीडितले राहत पाउनु पर्ने र कुनै राजनीतिक पूर्वाग्रहमा आफू नलागी मानव सेवालाई लागि परेको बताए ।

वडाअध्यक्ष आचार्यले भने, ‘यस्तो अवस्थामा खाली बिरोध गर्नु मात्र धर्म होइन । चुनाव आउँदैछ । त्यसमा राजनीति गरौंला । तर, अहिले मानताको सवाल भएकोले सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्दछु ।’

वडा नं. ३ की सुन्दरदेवी चौधरीले आफ्नो ६ जनाको परिवार अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएको बताउँदै श्रीमान् पूर्णरुपमा अपाङ्ग हुँदा पनि वडाबाट राहत नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘श्रीमान्‌को दुबै खुट्टा चल्दैन । पूर्णरुपमा अपाङ्ग छन् । वडाले राहत दिने नाम लिष्टमा आफूहरुलाई समेट्न सकेन । चारजना छोराछोरी र आफू कसरी जीविकोपार्जन गर्ने ?’

वडाअध्यक्ष रामसेवक महत्तोंले वडामा आएको २ सय १७ घरधुरीले राहत पाइसकेको बताउँदै तथ्याङ्क सङ्कलनका लागि गाउँका बड्घरहरुलाई पठाउँदा केही घरहरु छुट्न गएको स्वीकार गरे । उनले वास्तविक पीडितको अवस्था बुझेर वडाले राहत वितरण गर्ने र कसैलाई पनि भोकै बस्न नपर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  २ : ३६ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध