राहात नपाएपछि लकडाउन उल्लंघन, स्थानीयद्वारा वडा कार्यालयमा धर्ना | Khabarhub Khabarhub

राहात नपाएपछि लकडाउन उल्लंघन, स्थानीयद्वारा वडा कार्यालयमा धर्ना


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीकाे टीकापुर नगरपालिका बासीले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा धर्ना दिन थालेका छन् ।

वडा कार्यालयले राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रही ढङ्गले राहत वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको भन्दै स्थानीयले धर्ना दिन शुरु गरेका हुन् ।

नगरपालिका वडा नंं. १ मा सबैभन्दा बढी समस्या देखिएको छ । राहतका लागि सङ्कलन भएको तथ्याङ्कमा आफूहरुलाई नसमेटेको भन्दै स्थानीय महिलाहरु दिनहुँ वडा कार्यालयमा धर्ना दिने गरेका छन् । सामाजिक दूरी समेत कायम गरिएको छैन ।

एउटै टोलमा कसैले राहात पाउने कसैले नपाउने भएको स्थानीयको गुनासो छ । दिनभरि श्रम गरेर मात्र साँंझ–बिहानको छाक टार्न पुग्ने श्रमिकहरुले राहत नपाएको र नगरपालिकाले आफूअनुकूल हुने गरी राहत वितरण गरेको स्थानीयले गुनासो गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. १ की लायकरानी डंगौरा थरूनीको परिवारमा ६ जना सदस्य छन् । श्रीमान् फरक क्षमताका (अपाङ्ग) छन् भने बुहारी एकल महिला हुन् । तीनजना नाती–नातिना छन् । ठेलामा व्यापार गरी गुजारा गर्दै आएकी उनले राहत नपाएको गुनासो गरिन् । उनले तीन दिनसम्म वडा कार्यालय धाउँदा पनि कसैले सुनुवाई नगरेको बताउँदै गाउँमा तथ्याङ्क सङ्कलनका लागि पनि कोही नआएको बताइन् ।

उमेरले ७० पार गरिसकेकी लायकरानीले भनिन्, ‘गरीबको कोही हुँदोरहेनछ । सकिनसकी तीन दिनसम्म वडा कार्यालय धाएँ । सबै राहत ल्याएरै फर्के तर मलाई कसैले वास्ता नै गरेनन् ।’

वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले तथ्याङ्क सङ्कलन गर्दा केही वास्तविक पीडितहरुको नाम छुटफुट हुन गएको स्वीकार गरे । उनले आफू वास्तविक पीडितले राहत पाउनु पर्ने र कुनै राजनीतिक पूर्वाग्रहमा आफू नलागी मानव सेवालाई लागि परेको बताए ।

वडाअध्यक्ष आचार्यले भने, ‘यस्तो अवस्थामा खाली बिरोध गर्नु मात्र धर्म होइन । चुनाव आउँदैछ । त्यसमा राजनीति गरौंला । तर, अहिले मानताको सवाल भएकोले सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्दछु ।’

वडा नं. ३ की सुन्दरदेवी चौधरीले आफ्नो ६ जनाको परिवार अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएको बताउँदै श्रीमान् पूर्णरुपमा अपाङ्ग हुँदा पनि वडाबाट राहत नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘श्रीमान्‌को दुबै खुट्टा चल्दैन । पूर्णरुपमा अपाङ्ग छन् । वडाले राहत दिने नाम लिष्टमा आफूहरुलाई समेट्न सकेन । चारजना छोराछोरी र आफू कसरी जीविकोपार्जन गर्ने ?’

वडाअध्यक्ष रामसेवक महत्तोंले वडामा आएको २ सय १७ घरधुरीले राहत पाइसकेको बताउँदै तथ्याङ्क सङ्कलनका लागि गाउँका बड्घरहरुलाई पठाउँदा केही घरहरु छुट्न गएको स्वीकार गरे । उनले वास्तविक पीडितको अवस्था बुझेर वडाले राहत वितरण गर्ने र कसैलाई पनि भोकै बस्न नपर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  २ : ३६ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो