प्रवासीका नियात्रा र गजल सङ्ग्रह प्रकाशन गरिने « Khabarhub

प्रवासीका नियात्रा र गजल सङ्ग्रह प्रकाशन गरिने


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले प्रवासी नेपाली लेखकका कृति प्रकाशन गर्ने भएको छ ।

‘भिडियो कन्फ्ररेन्स’मार्फत बसेको समितिको बैठकले पहिलो चरणमा गैरआवासीय नेपालीका संस्मरण र नियात्रा तथा गजल सङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रवासमा नेपाली भाषा र साहित्य प्रवद्र्धन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यलाई बढावा दिने निर्णयसमेत गरेको समितिले जनाएको छ ।

गैरआवासीय नेपाली लेखकको अभिलेख सङ्ग्रह तयार पार्ने, गैरआवासीय नेपाली साहित्य पुरस्कार कोष स्थापना गर्न छलफल अगाडि बढाउने, समितिको प्रकाशन तथा कार्यक्रमको कार्यतालिका तयार गर्ने र अनलाइन साहित्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिका संयोजक हिक्मत थापाले जानकारी दिए ।

बैठकले कोभिड–१९ बाट ज्यान गुमाएका गैरआवासीय नेपालीप्रति श्रद्धान्जली व्यक्त गर्दै विरामीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  २ : ५२ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको