सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन : राजपा « Khabarhub

सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन : राजपा


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारले पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध एकजुट हुन आग्रह गरेको छ ।

राजपा संयोजक शरतसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर नपर्ने भन्दै औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा जनताले दिएको म्यान्डेटविपरित दलसम्बन्धी कानुन संशोधन गरेर राजनीति र देशको स्थायित्वप्रति बेइमानी गरिएको उल्लेख गरिएको छ ।

राजपाले दल विभाजनसम्बन्धी कानुनमा गरिएको संशोधनले आफ्नो पार्टीलाई कुनै असर नपार्ने प्रष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन । निर्णयबाट कुनै भ्रममा नपरी कोरोना महामारीको यस घडीमा पूरै पार्टी पंक्तिलाई एक ढिक्का भई दत्तचित्त भई आफ्नो भूमिका निर्वाह गर्न आह्वान गर्दछौँ ।’

संवैधानिक परिषद्मा विपक्षी दलका नेताविनै निर्णय गर्न मिल्ने गराइएकोप्रति असहमति राख्दै राजपाले यसले विधिको शासनको हुर्मत लिने र लोकतन्त्र कमजोर हुने ठहर गरेको छ ।

पार्टीले कोरोनालगायत महामारीविरुद्ध एक ढिक्का भएर लड्न पनि आग्रह गरेको छ । सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानुन संशोधन गरेको थियो ।

यस्तो छ बिज्ञप्ति

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ३४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको