सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन : राजपा « Khabarhub

सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन : राजपा


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारले पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध एकजुट हुन आग्रह गरेको छ ।

राजपा संयोजक शरतसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर नपर्ने भन्दै औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा जनताले दिएको म्यान्डेटविपरित दलसम्बन्धी कानुन संशोधन गरेर राजनीति र देशको स्थायित्वप्रति बेइमानी गरिएको उल्लेख गरिएको छ ।

राजपाले दल विभाजनसम्बन्धी कानुनमा गरिएको संशोधनले आफ्नो पार्टीलाई कुनै असर नपार्ने प्रष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन । निर्णयबाट कुनै भ्रममा नपरी कोरोना महामारीको यस घडीमा पूरै पार्टी पंक्तिलाई एक ढिक्का भई दत्तचित्त भई आफ्नो भूमिका निर्वाह गर्न आह्वान गर्दछौँ ।’

संवैधानिक परिषद्मा विपक्षी दलका नेताविनै निर्णय गर्न मिल्ने गराइएकोप्रति असहमति राख्दै राजपाले यसले विधिको शासनको हुर्मत लिने र लोकतन्त्र कमजोर हुने ठहर गरेको छ ।

पार्टीले कोरोनालगायत महामारीविरुद्ध एक ढिक्का भएर लड्न पनि आग्रह गरेको छ । सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानुन संशोधन गरेको थियो ।

यस्तो छ बिज्ञप्ति

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ३४ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध