लकडाउनका बेला वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न २४ औं घण्टा गस्ती « Khabarhub

लकडाउनका बेला वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न २४ औं घण्टा गस्ती


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्नका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले चौबीसै घण्टा गस्ती गर्ने भएको छ ।

कार्यालय मातहतका ६ वटै सव डिभिजन वन कार्यालयमार्फत जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरी सिकारी र तस्करी रोक्नका लागि गस्ती र अनुगमनको कार्यलाई अगाडी बढाएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको हो ।

लकडाउनको अवधिमा जिल्लाका विभिन्न क्षेत्रबाट १ सय ५० घनमिटर सालका गोलीया, ५ वटा गोरुगाडा, एउटा मोटरसाइकल तथा २/२ वटा मृत बदेल र चितलसहित तीन जना तस्करलाई पक्राउ गरी आवश्यक आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए । अवस्थीका अनुसार प्रहरीसँगको सहकार्यमा भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरी वन ऐन २०७६ र प्रचलित कानून बमोजिम अनुसन्धान भइरहेको तथा सो कार्यमा संलग्न अभियुक्तको खोजतलास भइरहेको छ ।

बस्तीमा छिरेका एउटा चितललाई स्थानीयवासीले जिउँदै उद्धार गरी प्राकृतिक बासस्थानम छाडिएको पनि उनले बताए । ‘वनपैदावार तथा वन्यजन्तुको तस्करीमा संलग्नलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम थप सजायको व्यवस्था छ,’ उनले भने, ‘लकडाउनको उल्लङ्घन गरी काठ र वन्यजन्तुको तस्करीमा संलग्न हुनेलाई हदै सम्मको कारवाही हुन्छ ।’ वनपैदावार चोरीतस्करीमा संलग्न हुनेलाई लकडाउन समाप्त भएको अर्को दिन कार्यालयमा बुझाउने गरी जनप्रतिनिधिको जिम्मा लगाइएको पनि उनले बताए ।

काठ तस्करीका लागि जिल्लाको दक्षिणी क्षेत्र बढी सम्वेदनशील देखिएको छ भने वन्यजन्तुको चोरी सिकारीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग जोडिएका सामुदायिक वन बढी सम्वेदनशील रहेका छन् । यस्ता सम्वेदनशील क्षेत्रमा निगरानी बढाएको उनले बताए । वन कर्मचारी, सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई वन र वन्यजन्तु संरक्षणका लागि सजग र सतर्क अवस्थामा राखिएको छ । वन क्षेत्रमा हुन सक्ने आगलागीका घटना रोक्नका लागि पनि अग्नी नियन्त्रक दललाई सक्रिय पारिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : ३० बजे

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे