सुदूरपश्चिमका अर्को कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ७ पुग्यो « Khabarhub

सुदूरपश्चिमका अर्को कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ७ पुग्यो


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एक कोरोना संक्रमित निको भएका छन् । अस्पतालका अनुसार कञ्चनपुर वेदकोट नगरपालिका– ९ का ४० वर्षीय पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

कोरोनाको संक्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालले उनलाई बुधबार डिस्चार्ज गरेको छ ।

उनी भारतबाट नेपाल आएका थिए । उनमा गत चैत २२ गते कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुषसँगै सेती प्रादेशिक अस्पतालमा रहेका ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अस्पतालमा अब २ जना संक्रमित उपचारत छन् ।

यस्तै शुक्रराज अस्पतालमा उपचारत धादिङका कोरोना संक्रमति पनि निको भएका छन् । उनी भने डिस्चार्ज भइसकेका छैनन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ पुगेको छ भने कोरोना निको हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ४ : २७ बजे

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे