थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो « Khabarhub

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आज (बुधबार) पनि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज (बुधबार) थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुमा क्रमश: २४, ६० र ७२ वर्षका पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित ३ जनालाई पनि मोरङको विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।

बुधबार कोरोनाको संक्रमणको पुष्टि भएका ३ जना पनि यसअघि एकैपटक कोरोना संक्रमण देखिएका १२ जनाको समूहका सदस्य हुन् । यसअघि उदयपुरमा बस्दै आएका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

डा देवकोटाका अनुसार हाल संक्रमितको संख्या ४५ पुगेको छ भने निको हुने संक्रमित ७ जना रहेका छन् ।

 

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ४ : ३२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग