माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत « Khabarhub

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत


२८ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन् । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ ।

विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आएका खरेलले माछापालन व्यवसायबाट वार्षिक रूपमा १५ लाख रुपैयाँ बचत गर्दै आएका छन् । 

उनले १२ हजार रुपैयाँ लगानीबाट माछापालन व्यवसाय सुरु गरेको भन्दै हालसम्म करिब ५० लाख रुपैयाँ लगानी गरिसकेको जानकारी दिए । 

आफ्नै जमिनमा चार वटा ठूला पोखरी निर्माण गरी माछापालन गर्दै आएको बताउँदै खरेलले वार्षिक ६५ लाख रुपैयाँ बराबरको कारोबार हुने उल्लेख गरे । सम्पूर्ण खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँ जति बचत हुने गरेको उनको भनाइ छ । 

‘माछापालनमा लगानीसँगै मेहनत र समय दिनुपर्दछ । राम्रोसँग व्यवस्थापन गर्न सके यसबाट परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचत पनि गर्न सकिन्छ’, उनले भने । 

माछापालन व्यवसायको रेखदेख तथा हेरचाहका लागि आठ जना स्थानीयलाई उनले रोजगार दिएका छन् । उनीहरूको मासिक तलब मात्रै एक लाख ५२ हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

खरेलको पोखरीमा हाल ग्रास, कमनकार्प, रहु, जलकपुरलगायत जातका ३०० क्विन्टल जति माछा छन् । माछा होलसेलमा प्रतिकिलो ३०० र खुद्रा प्रतिकिलो ३५० रुपैयाँ का दरले बिक्री गर्दै आएको उनले बताए । 

पछिल्लो समय यहाँका दक्षिणी सिमानाका कडाइ गरिएपछि अवैध रूपमा नेपाल भित्रिने भारतीय माछाको आयात रोकिएपछि बजारमा माछाको मूल्य पनि सोचेअनुसार प्राप्त भइरहेको किसान खरेलले बताए । 

माछा पालन व्यवासायसँगै कुखुरापालन, बङ्गुरपालन व्यवसाय पनि उनले गर्दै आएका छन् । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न माछापालन जस्ता व्यवसायलाई प्रोत्साहन गर्न सके गाउँमै रोजगारी सिर्जना हुनाका साथै किसानको आर्थिक अवस्था सुधारमा समेत महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १२ : ५६ बजे

बागमतीका मुख्यमन्त्री थापामगरबाट नारी शक्तिको सम्मान गर्न आग्रह

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो (तस्बिर)

काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा बलम्बुस्थित

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड