भारतले नेपाललाई औषधि सहयोग गरेपछि प्रधामन्त्री ओलीद्वारा मोदीलाई धन्यवाद « Khabarhub

भारतले नेपाललाई औषधि सहयोग गरेपछि प्रधामन्त्री ओलीद्वारा मोदीलाई धन्यवाद


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपाललाई औषधि सहयोग गरेको भन्दै प्रधामन्त्री केपी शर्मा ओलीले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

कोरोना भाइरस(काभिड १९) विरुद्ध लड्न भारतले नेपाललाई २३ टन ओषधि सहयोग गरेको भन्दै प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्,’ कोरोना महाबारी विरुद्ध लड्न भारत सरकारले गरेको सहयोगका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन चाहन्छु ।’

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका थिए ।

काठमाडौंस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार हस्तान्तरण गरिएका औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ०० बजे

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे