भारतमा २४ घण्टामा थपिए १ हजार ३८३ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ६४० पुग्यो | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा थपिए १ हजार ३८३ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ६४० पुग्यो


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 नयाँ दिल्ली– गएको २४ घन्टायता भारतमा १ हजार ३८३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । बुधबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १९ हजार ९८४ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५० जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६४० पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार ८६९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १५ हजार ४७४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार २१८ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २५१ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार कोरोना संक्रमण दोस्रो स्थानमा भारतको गुजरात राज्य रहेको छ ।

गुजरात २ हजार १७८ जनामा कोविड–१९ संक्रमण देखिएको छ । त्यसैगरी भारतको दिल्ली कोरोना संक्रमणको तेस्रो स्थानमा रहेको र यहाँ २ हजार १५६ जनामा संक्रमण देखिएको छ ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : २४ बजे

एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित

काठमाडौं– एसीसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले

‘ओ एण्ड एम’ सर्वेक्षणमा अस्पताल व्यवस्थापकलाई नराखेको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओ

जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने…

काठमाडौं– स्वतन्त्र सांसद अमेरश कुमार सिंहले आर्थिक वर्ष २०८२/०८३ को

कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्डे पे‘लिउ र

विश्व सङ्गीत दिवसमा थारू कलाकारको प्रस्तुति

काठमाडौं– राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् ।