कोरोनाको संक्रमण रोक्न बाराको सीमा क्षेत्रमा सशस्त्र प्रहरीद्वारा उच्च निगरानी | Khabarhub Khabarhub

कोरोनाको संक्रमण रोक्न बाराको सीमा क्षेत्रमा सशस्त्र प्रहरीद्वारा उच्च निगरानी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्रले सीमा क्षेत्रमा कडाइ गरेको हो ।

करिव एक महिनाको अविधमा बारा जिल्लामा लक डाउन प्रभावकारी देखिएको सशस्त्र प्रहरी बल नेपाल न. १२ गण गणपती सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदीले बताए ।

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिँदै उनले जिल्लामा सम्पूर्ण सशस्त्र प्रहरीको जनशक्ति परिचालन गरिएको जानकारी दिए ।  सामान्य अवस्थामा रहने जनशक्ति भन्दा  हाल तीन  गुणा बढी संख्यामा सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए ।

गणपति सुबेदीले भने,“सीमामा हाल हरेक ४ सय मिटरदेखि ६ सय मिटरमा सशस्त्र प्रहरी खटिएको छ । सीमा क्षेत्रमा हुने आवत-जावत पूर्ण रुपमा रोक्न सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।”

सीमामा जम्मा ७ वटा बीओपी मार्फत कार्य गर्दै आएको सशस्त्र प्रहरी बल बाराले थप १७ वटा पोस्ट निर्माण गरी सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको गणपति सुबेदीले बताए । उनले ६० किलोमिटर सीमा रहेको बारा जिल्लाको  दसगजा क्षेत्रमा मात्र ९१ भन्दा बढी स्थानहरुमा सशस्त्र प्रहरिको उपस्थिति रहेको उनले बताए ।

सशस्त्र प्रहरी बलले स्थायी रुपमा ड्यूटी, सवारी साधनबाट मोबाईल गस्ती तथा पैदल एब साइकल गस्ती समेत गर्ने गरेको छ । जिल्लाको सिमा जोडीएका जम्मा बीस वडाहरुमा सीमा समन्वय तथा निगरानी समिति गठन गरिएको हुँदा कार्य सम्पादनमा सहज भएको उनले बताए ।

लकडाउन शुरु भएपश्चात बाराको सीमा क्षेत्रबाट हालसम्म दश जना व्यक्तिलाई भारतबाट नेपाल प्रवेश गर्न र १०५ जनालाई नेपालबाट भारत प्रवेश गर्न रोक लगाइएको गणपति सुबेदीले जानकारी दिए । उनले मंगलबारसम्म ३५० भन्दा बढी सवारी सवारी साधन नियन्त्रण लिएको समेत जानकारी दिए ।

जिल्लामा सबैभन्दा पहिले हेल्थ डेस्क सञ्चालन गरेर सशस्त्र प्रहरी बल बाराले कोरोना भाइरसको जोखिम फैलिन नदिन सतर्कता अपनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ३७ बजे

सिने ब्रिफ : व्यस्त सौगात, अञ्जनामाथि निर्देशको आरोपैआरोप, फ्लप गरिमा लिड रोलको परीक्षामा

हेडलाइन :सहायक भूमिकामा फ्लप फिल्मको ह्याट्रिक हानेकी गरिमा, अब ‘जन्ते

विश्वकप छनोट : चिलीमाथि र्जेन्टिनाको जित

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को