राहात वितरण गर्ने क्रममा पर्सामा झडप, ८ जना घाइते | Khabarhub Khabarhub

राहात वितरण गर्ने क्रममा पर्सामा झडप, ८ जना घाइते


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउन प्रभावितलाई भनेर पर्सामा राहात वितरणको विषयलाई लिएर झडप भएको छ ।

पर्साको जिराभवानी गाउँपालिकामा राहात वितरणको विषयलाई लिएर भएको विवादले झडपको रुप लिएको हो । झडपमा परेर ८ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पत्रकार पनि छन् ।

बुधबार दिउँसो राहात वितरणमा ढिलाइ भएको भन्दै स्थानीय व्यक्तिले गाउँपालिका कार्यालय घेराउ गरेपछि सशस्त्र प्रहरीले भीड हटाउन खोज्दा झडप भएको हो ।

झडपमा परेर घाइते भएकामध्ये नारायणी एफएमका संवाददाता कृष्ण मोहन साहको टाउकोमा चोट लागेको छ । उनीसहित घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
लकडाउनको १ महिना पुग्दै लाग्दा गाउँपालिकाले पहिलोपटक स्थानीयलाई राहात वितरण गर्न लागेको थियो । तर, राहात वितरणमा पक्षपात गर्न खोजिएको तथा ढिलाइ गरिएको भन्दै स्थानीयले विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको हो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : २६ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको