मध्यरातमा राजपा र समाजवादीबीच पार्टी एकता « Khabarhub

मध्यरातमा राजपा र समाजवादीबीच पार्टी एकता


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ ।

दुई पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ। लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेका राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो।

सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

एकीकृत नयाँ पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र निर्वाचन चिन्ह राजपाले प्रयोग गर्दै आएको हुने सहमति भएको छ । पार्टी एकीकरण समानताको आधारमा हुने उल्लेख गरिएको छ ।

अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

पार्टी एकताको सहमति पत्र

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ११ : ३४ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा