संगठनको आलोचना हुने सामाजिक सञ्जालका ग्रुप छाड्न प्रहरीलाई प्रधान कार्यालयको उर्दी « Khabarhub

संगठनको आलोचना हुने सामाजिक सञ्जालका ग्रुप छाड्न प्रहरीलाई प्रधान कार्यालयको उर्दी


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संगठनका आलोचना हुने सबै सामाजिक सञ्जालका ग्रुप छाड्न प्रहरीलाई प्रधान कार्यालयले उर्दी जारी गरेको छ ।

नेपाल प्रहरीले प्रहरी संगठनप्रति नकरात्मक सन्देश र टिकाटिप्पणी प्रवाह गर्ने सामाजिक संजालका समुह तत्काल नछाडे कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले बुधवार जारी गरेको परिपत्रमा  फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्स एपसहितका विभिन्न सामाजिक सञ्जालका समूह छाड्न निर्देशन दिइएको छ ।

प्रहरी प्रवक्ता जोशीले परिपत्रमा सबै प्रहरी कर्मचारीलाई नेपाल प्रहरीको नियमावली, सञ्चारमाध्यम (मिडिया) सम्बन्धी नीति, २०६० एवं सामाजिक सञ्जाल (फेसबुक लगायत) व्यवस्थित प्रयोग गर्ने सम्बन्धी गाइडलाइन, २०७१ लाई ध्यान दिन पनि सचेत गराएका छन् ।

निर्देशनको अवज्ञा गरेर संगठनको गरिमा र मर्यादामा आंच आउने कार्य गरे प्रहरी कर्मचारीमाथि नै प्रहरी नियमावली २०७१ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

केही पत्रकारहरुले डिफेन्स एण्ड डिप्लोमेसी, सुरक्षा रिपोर्टर, सेक्युरिटी न्यूजजस्ता फेसबुक र भाइबर ग्रुप बनाउंदै समाचार र विचारहरु पोष्ट गर्दै आएका थिए । उक्त समुहहरुमा प्रहरीका उच्च अधिकारीहरु समेत जोडिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ०२ बजे

आर्सनलले ८ हजार ६० दिनपछि टार्‍यो प्रिमियर लिग उपाधिको खडेरी, गनर्समा आर्टेटा युगको सुरूवात

लन्डन- आर्सनलले अन्ततः रिसेट बटन थिचेर घडीलाई शून्यमा फर्काउन पाएको

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना

काठमाडौं– तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै सो बस्तीमा बसोबास गर्ने बासिन्दाहरू आज

स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र 

काठमाडौं– स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई

संसद्‍मा कांग्रेसले भन्यो- संवेदनशील निकाय पदाधिकारी हटाएर सरकारले भ्याक्युम बनायो

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले