दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने « Khabarhub

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिउल – कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।

दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो ।

कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरकारले एक लाख कोरियाली वन राहतस्वरुप दिँदै आएको थियो ।

बदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशाज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो ।

निर्णयानुसार एफ छ र एफ ट प्रवेशाज्ञा भएका नेपालीले पनि अब उक्त राहत पाउने छन् ।

यसअघि कर विदेशीसँग पनि लिने तर राहत बाँड्ने बेलामा भेदभाव गरेको भनी प्रान्त सरकारले बाँड्ने राहत विदेशलाई पनि दिनुपर्छ भन्दै हस्तारक्षर संकलन गरिएको थियो ।

तीन हप्तामा १४ हजार हस्ताक्षर प्रान्तीय सरकारको सरकारी वेबसाइट जम्मा भएको थियो ।

तथ्यांकानुसार ख्याङ्गिदो प्रान्तमा ६० हजारभन्दा बढी स्थायी तथा ४८ हजारभन्दा बढी वैवाहिक प्रवेशाज्ञामा बसेका विदेशी नागरिक छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : ०९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा