अर्थशास्त्री दाहालको निधनप्रति ‘आईएसएसआर’द्वारा श्रद्धाञ्जली « Khabarhub

अर्थशास्त्री दाहालको निधनप्रति ‘आईएसएसआर’द्वारा श्रद्धाञ्जली


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थशास्त्री तथा आइएसएसआरका पूर्व कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मदनकुमार दाहालको असामयिक निधनप्रति श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले दरबारमार्गस्थिति पेभिलियन हलमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

श्रद्धाञ्जली सभामा आइएसएसआरका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेल, प्राडा गोविन्द नेपाल, नरेश श्रेष्ठ, डा रवीन्द्र पाण्डे, डा दधि अधिकारी,डा नरेन्द्रमान श्रेष्ठ लगायतले स्व. दाहालप्रति श्रद्धाञ्जली अर्पण गरे ।

श्रद्धाञ्जली सभामा प्रा.डा. डिल्लिराज खनाल, डा. रधुवीर विष्ट, वीपिनध्वज कार्की, प्रा.डा. शरद शर्मा, मुक्तिबहादुर खत्री, डा शिव अधिकारी, कुसुम शाक्य, कृष्ण ओझा, सूरेन्द्रकुमार उप्रेती, माववीसिंह शाहले अर्थशास्त्र क्षेत्रमा स्व. दाहालले पु¥याएको योगदानलाइ स्मरण गरे ।

त्यसैगरी विजय श्रेष्ठ, प्रकाशराज सापकोटा, रामचन्द्र भट्टराई, कोमलराज ढुंगेल, शर्मिला आचार्य, अनुपन खुजेली, झुमा शर्मा पाण्डे, यमबहादुर कार्की, डा. चक्र खड्का, भावुक राज न्यौपाने लगायतले स्व दाहालको अवसानले एक आदर्श व्यक्ति गुमाएकोमा उनको आत्माको चीर शान्तिको कामना गरे ।

वि.सं. २००४ सालमा जन्मिएका दाहालको ७२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । पेटको रोगबाट ग्रसित अर्थशास्त्री दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसीमा) निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक दाहालले देशको आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण कदम चालेका थिए । स्वर्गीय दाहालसँग सार्वजनिक वित्त तथा करका विषय धेरै जानकारी थियो । उनीसँग नेपाल सरकार अर्थमन्त्रालयले पनि आर्थिक विकासका विषयमा नियमित सल्लाह लिने गरेको थियो ।

स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए । मेघा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष समेत रहेका थिए ।

दाहाल नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि थिए । विभिन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका दाहालले देशको आर्थिक विकासका लागि विभिन्न योजना पनि अघि सारेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ४२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर