लकडाउनका बेला सडक निर्माणको अवस्था जानकारी दिन सडकमा उत्रिएर लाइभ गर्ने राज्यमन्त्री | Khabarhub Khabarhub

लकडाउनका बेला सडक निर्माणको अवस्था जानकारी दिन सडकमा उत्रिएर लाइभ गर्ने राज्यमन्त्री


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण रोकिएको सडक पिच र ढलानको काम सुरु भएको छ । बिहीबार काठमाडौंको बालाजु बाईपास क्षेत्रमा सडक सुधारको काम थालिएको हो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण रोकिएका विकास आयोजना सुरु गरिएको जानकारी दिए । मन्त्री मानन्धरले सामाजिक दुरी कायम गर्दै विकासको काम थालिएको बताउँदै लकडाउन पछि उपत्यकाका सडकको मुहार परिवर्तन हुने बताए ।

जनताको जीवन रक्षाका लागि सरकारले अथक प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले सडक सुधारको कामलाई निरन्तरता दिइएको बताए ।

गत चैत्र १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाहरुको काम स्थानिय प्रसाशनको अनुमतिमा थालनि भएको मन्त्री मानन्धरले बताए ।

विकासका कामका लागि कतै पनि बाधा अड्काउ नहुने बताउँदै मन्त्री मानन्धरले सामाजिक दुरी सहित काम थालनी गर्न पनि आग्रह गरेका छन् ।

आफैं फिल्डमा पुगेर फेसबुक लाईभमार्फत् विकासको गतिविधि प्रत्यक्ष प्रशारण गर्दै मन्त्री मानन्धरले लकडाउनको समयमा समयको सदुपयोग र व्यवस्थापन सहित काम थालनी गरिएको जानकारी गराएका छन् ।

उनले लाईभ मार्फत् विकासका काममा समस्या भए तत्काल आफुलाई खबर गर्न आग्रह गर्दै आवश्यक सहजिकरण गरिदिने बताएका छन् ।

बेरोजगार भएर बसेका मजदुरहरुले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भिडभाड नहुनेगरि काम थालनी गरिएको मन्त्री मानन्धरको भनाई छ ।

यस अघिनै काम सुरु भएर लकडाउनका कारण रोकिएका स्थानमा काम थालनि गरिएको जानकारी दिंदै मुल सडकमा हुने काम भने केही दिनभित्रै सहजिकरण गरिने मन्त्री मानन्धरले जानकारी दिए ।

कुनै स्थानमा सडक ढलानको काम रोकिएको पाईए आफुले सहजिकरण गरिदिने जानकारी दिंदै सहजताका लागि आफु तयार भएको बताएका छन् ।

मन्त्री मानन्धर आफै फिल्डमा पुगेर लाईभ गरेको भिडियोमा अधिकांस सर्वसाधारणले काम सुरु भएकोमा धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : २२ बजे

प्रहरी सहायक निरक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं– नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले

नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

काठमाडौं- नेपाली टोली पहिलो पटक आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा

टाटा ईभी प्रि-बजेट एक्सचेन्ज फेस्ट जेठ ७ सम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकको सहभागिता र 

सरकारलाई कांग्रेसकै सांसदले सोधे- ट्रकमा भेटिएको २५ करोडका मालिक को हुन् ?

काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गत चैत ५ गते

प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका