लकडाउनका बेला सडक निर्माणको अवस्था जानकारी दिन सडकमा उत्रिएर लाइभ गर्ने राज्यमन्त्री « Khabarhub

लकडाउनका बेला सडक निर्माणको अवस्था जानकारी दिन सडकमा उत्रिएर लाइभ गर्ने राज्यमन्त्री


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण रोकिएको सडक पिच र ढलानको काम सुरु भएको छ । बिहीबार काठमाडौंको बालाजु बाईपास क्षेत्रमा सडक सुधारको काम थालिएको हो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण रोकिएका विकास आयोजना सुरु गरिएको जानकारी दिए । मन्त्री मानन्धरले सामाजिक दुरी कायम गर्दै विकासको काम थालिएको बताउँदै लकडाउन पछि उपत्यकाका सडकको मुहार परिवर्तन हुने बताए ।

जनताको जीवन रक्षाका लागि सरकारले अथक प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले सडक सुधारको कामलाई निरन्तरता दिइएको बताए ।

गत चैत्र १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाहरुको काम स्थानिय प्रसाशनको अनुमतिमा थालनि भएको मन्त्री मानन्धरले बताए ।

विकासका कामका लागि कतै पनि बाधा अड्काउ नहुने बताउँदै मन्त्री मानन्धरले सामाजिक दुरी सहित काम थालनी गर्न पनि आग्रह गरेका छन् ।

आफैं फिल्डमा पुगेर फेसबुक लाईभमार्फत् विकासको गतिविधि प्रत्यक्ष प्रशारण गर्दै मन्त्री मानन्धरले लकडाउनको समयमा समयको सदुपयोग र व्यवस्थापन सहित काम थालनी गरिएको जानकारी गराएका छन् ।

उनले लाईभ मार्फत् विकासका काममा समस्या भए तत्काल आफुलाई खबर गर्न आग्रह गर्दै आवश्यक सहजिकरण गरिदिने बताएका छन् ।

बेरोजगार भएर बसेका मजदुरहरुले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भिडभाड नहुनेगरि काम थालनी गरिएको मन्त्री मानन्धरको भनाई छ ।

यस अघिनै काम सुरु भएर लकडाउनका कारण रोकिएका स्थानमा काम थालनि गरिएको जानकारी दिंदै मुल सडकमा हुने काम भने केही दिनभित्रै सहजिकरण गरिने मन्त्री मानन्धरले जानकारी दिए ।

कुनै स्थानमा सडक ढलानको काम रोकिएको पाईए आफुले सहजिकरण गरिदिने जानकारी दिंदै सहजताका लागि आफु तयार भएको बताएका छन् ।

मन्त्री मानन्धर आफै फिल्डमा पुगेर लाईभ गरेको भिडियोमा अधिकांस सर्वसाधारणले काम सुरु भएकोमा धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : २२ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका