लकडाउका कारण भारतमै रोकिएका किरीयापुत्रीको सीमा क्षेत्रबाट उद्धार « Khabarhub

लकडाउका कारण भारतमै रोकिएका किरीयापुत्रीको सीमा क्षेत्रबाट उद्धार


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाणिनी– अर्घाखाँचीको पाणिनी गाउँपालिकाले भारतीय सिमानामा अलपत्र परेका किरियापुत्रीसहित २ जनालाई उद्धार गरी घरमै किरिया बस्ने व्यवस्था मिलाएको छ ।

लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका वडा नम्बर  ४ पटौटीको निगाली निवासी धनिश्वर विकको उद्वार गरिएको हो । उनका बुबा उदयबहादुर विकको यही वैशाख ८ गते राति निधन भएपछि किरिया गर्न उद्धार गरी ल्याइएको हो ।

बुबाको निधनपछि एक्ला छोरा धनीश्वर किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेश सरकारसँग समन्वय गरेर २ जनालाई घरमा ल्याइएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

हिन्दू धर्म र संस्कृतिअनुसार छोरा बिना किरिया बस्न नमिल्ने भएपछि दुई देशका सरकारसँग समन्वय गरेर धनिश्वर र उहाँका छोरा राजुलाई घर ल्याइएको अध्यक्ष गौतमको भनाइ छ । ‘कसैसँग नछोइकन घरमा ल्याएर किरिया बसालेका छौँ, र्‍यापिड टेस्ट र स्वाब परीक्षण गराउँदा सबै रिपोर्ट नेगेटिभ देखिको छ,’ अध्यक्ष गौतमले भने ।

बुबाको मृत्यु हुँदा दागबत्ती दिन आउन नपाएका धनिश्वरले स्थानीय तहको सक्रियतामा किरिया गर्न पाएको बताए । छोरालाई लिएर रोजगारीका लागि भारत गएका धनिश्वर लकडाउन भएपछि स्वदेश फर्किए पनि २२ दिनदेखि सिमानामै अलपत्र परेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ४१ बजे

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं– आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम

फोहरको दिगो व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने

काठमाडौं– उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक

रास्वपा नेता अशोक चौधरीले ‘घण्टीमा भोट नहाल्ने देश विरोधी’ भनेपछि…

काठमाडौं – रास्वपाका उम्मेदवारले ‘घण्टीमा भोट नहाल्ने देशविरोधी’ भएको बताएपछि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम