कविता- आमा हजुर हराएको दिनदेखि… « Khabarhub

कविता- आमा हजुर हराएको दिनदेखि…


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आमा हजुर गएको दिनदेखि
गगनका ति जुनतारा चन्द्रमाहरु जस्तै
रङ्गिन सपनाहरुसँगै
अनि,जिन्दगीभर कैले पनि ओभानो भएका छैनन्
मेरा यी आँखाहरु
एकदम मलिन छन्।

आमा हजुरले आफ्ना हातहरुमा फूलपाती
अक्षेता बोकेर पुज्ने ती मन्दिरका चट्टानहरु जस्तै
बलवान् भगवानहरु
अनि हजुरले आराती उतारे बारम्बार
शाष्टाङ्ग दण्डवत र नमस्कार गरिरहने
ति भडारकोठाका देबीदेवताहरुका अमुर्त तस्बिरहरु
सदाबहार एकनास अनि स्थिर ठडिरहेछन्
मेरो अनुहारलाई हेर्दै,

अनि,
ङिच्च दाह्रा देखाएर उपहासमा हाँसिरहेछन् वकवास
आमा हजुरको स्वर्गबास भएदेखि,
मेरो मनमा निरन्तर एउटै सबाल उब्जिरहेछ

आमा किन कैले पनि हाम्रो जिवनमा
हाम्रो विश्वास र आस्थाको वास्तविक भगवान
जनम-जनमसम्म जिवित रहँदैनन्

जसरी कि ऐले

ती लज्जित निर्जीव र भ्रमित भगवानहरु
हाम्रो परिवारमा
यो संसारमा सदाबहार लाचार बाँचिरहेछन्
हामीहरुलाइ हेरेर हर्दम हाँसिरहेछन् ।

आखिर किन त्यसरी नै
सात जनम जनमसम्म रहँदैनन्
हाम्रा पवित्र मन-मन्दिर भित्रका साक्षात देवताहरु
किन कम उमेरमै टाडा जान्छन् हामीहरुलाई छाडेर ?

आमा तपाईं गएदेखि,
धर्तीको कोख रित्तिएको छ
बिहानै हाम्रो घर आँगनमा आएर
अनि दिनभरी रमाएर उफ्रिरहने
कसैका साना-साना नानीहरु जस्ता
ती रङ्गिन चराहरु पनि

प्रवासको रित्तो क्षितिजमा भासिएका नेपाली
नौजवान सपनाहरु झैँ गरेर
सदा-सदाको लागि आकासमा हराएका छन् ।

आमा तपाईं गएदेखि,
यी गैरीखेत, यो हरियो करेसाबारी,
यो रङ्गिन फूलबारी पनि एकदम मलिन-मलिन
भएको छ
आमा तपाईं नभएदेखि

भविष्यको गर्व बोकेर बाँचिरहेका
अनि हर्दम हाँसिरहेका
किसानका यी उर्बर जमिनहरु पनि
वर्तमानमा कसैको धर्मपती मरेर
चीत्कार चरक्क चिरा परेर
चिरिएका निधारका तक्दिर
र कसैको शिरको उजाड सिउँदोको रङ्गहीन सिन्दुर झैँ गरेर
मधुर भएका छन ।
आमा हजुर गएदेखि,
हजुर सङ्गसङ्गै गएका छन् हाम्रा भविष्यहरु

आमा हजुर नभएदेखि,
हाम्रा घरका सबै जना अपाङ्ग भएका छन्।

आमा हजुर हराएदेखि,
दानवीर र मन्दिरका धर्मभक्तहरु पनि हराएका छन्

घरपरिवार !
अनि यो पृथ्वीका सारा चराचर प्राणीहरुले
अपरम्पार दुःख-पीर पाएका छन्।

अँधेरीमा पाखा पखेरीमा घुमिरहने उज्यालो
जुनकिरीहरु पनि आउन छाडेका छन्
गगनमा पँक्षीहरु उड्न छाडेका छन्
परेवाहरु बन्धनमा थुनिएका छन्।

कुखुरीको काखमा आएर
चल्ला-बचेराहरु सधैँ चिउचिउ गर्थे
हिजोआज त अध्यारोमा परालको कुन्युमा आएर
चिलको सन्त्रासले सुतिरहेछन्
सधैँ सधैँका लागि निदाइरहेछन्
सायद,उनीहरुको पनि
एउटा पुरानो,
अनि अति लामो सपना थियो
मनभरी अभिलाषा थियो
कि स्वार्णीम सपनाहरु देख्ने

र तीनै सपनाहरुमा
आफ्नी मरेकी आमालाइ भेट्ने
उनीहरुको असंख्य अभिलाषा थियो ।

आमा तपाईं गएदेखि
यो इन्सान आफ्नो पहिचान र नामथर नै बिर्सिरहेछ
आमा तपाईं नभएपछि,
अन्जान यो मान्छे आफ्नो घर नै बिर्सिरहेछ ।

आमा तपाईं आज उ….परको
परिचित खोलाधार र बगरको किनारबाट उठेर
अनि बादल बनेर
अनि,
त्यो टाढाको क्षितिजमा हराएदेखि
हरेक पल आज
केवल हजुरकै मात्र नाम लिएर
कोहि मान्छे हजुरलाई त्यही ठाउँमा खोजिरहेछ

आमा तपाईं नभएदेखि,
भगवान कसम !
त्यो आकासको घाम पृथ्वी आएर पनि
परमधाम फर्किरेछ

विस्वास लाग्दैन सायद
आमा गएदेखि,
निरन्तर नेपाल आकास रोइरहेछ
इतिहासमा आमा हराएदेखि
भगवान कसम !
यो देशको वर्तमानमा बाँचिरहेका सन्तान
शहीदका सपना
अनि आफ्ना हरेक श्वासहरुमा
हजुरलाई नै आज खोजिरहेछ।

आमा हजुरको स्वर्गबास भएदेखि
यो जिन्दगी, यो संसार नर्क जस्तै भएको छ
आमाको काख हराएदेखि
बारम्बार सडक किनारमा
चर्को चित्कारमा कोही भोकै
नाङ्गगै रोइरहेका छन्

आमा तपाईं सहिद भएदेखि
र यो देशका होनाहार सपुतहरु टुहुरा भएका छन ।

यो मुलुकका कर्णधारहरु
केवल परिवारबिहीन मात्र हैन कि
सिङ्गो संसार हराएको सुकुम्बासी जस्तै गरेर
अनि आफ्नै जन्मसिद्ध अधिकार खोसिएर
यो देशमा राष्ट्रियताविहीन भएर बाँचिरहेछन् ।

आमा परलोक गएदेखि
यो सिङ्गो संसारमा शोक छ आज
मध्यरातमा आत्मा बनेर तपाईं
यादहरुमा आउछौ कि भनेर
अन्जान कोही आज हजुरलाई
त्यो चिहान
र त्यही खोलाको किनारमा खोजिरहेछ
फर्किए आउ आमा
आज हजुरलाई यो सारा संसार पर्खिरहेछ।

आमा हजुर नभएको दिनदेखि
यो संसारकै सबैभन्दा सशक्त चित्रकार
त्यो पर्मेश्वर आज फेरि पनि
कसरी अर्को रङ्गिन संसार कोर्न भनेर
बारम्बार क्यानभाषमा कल्पना गरिरहेछ ।

आमा हजुर गएको दिनदेखि
यो जगदिश्वर
फेरि पनि
अर्को एक सुन्दर सृष्टि
सिर्जना गर्न विचाराधीन छ
सरकार! ठेकेदार र यो लेबर
हरपल कसरी अर्को नबिन घर बनाउने भन्नेमै तल्लिन छ
आमा हजुर हराएको दिनदेखि
आमा उ अझै अलमलमा छ
आमा स्वयं हजुरको कसम !

यो परिवार अनि हर्दम लाचार बाँचिरहेको
यो सिङ्गो सन्सार नै
सौन्दर्यविही छ

हजुरविना
यो धर्तिको प्रकाश मधुरो भएको छ
आमा
आज…
हजुरविना यो सृष्टिको सुन्दरता अधुरो भएको छ

सौन्दर्यता:
जुन सौन्दर्यता
जुन सौन्दर्यतालाइ म ऐले मेरा कबिताका
हरेक हरेक हरफहरुमा

अनि जुन पूर्णता र आशिर्वादलाई
म ऐले
इतिहासको पानामा
निरन्तर खोजिरहेछु !आमा हजुर हराएको दिनदेखि

सायद, म बाचिरेको यो युग
अनि खोजिरहनेछु अब एक शताब्दीसम्म हजुरलाई

रतुवामाइ-८,मोरङ्ग

(आमा नहुदाको परिकल्पना,सम्पूर्ण आमाहरुमा समर्पित)

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : २३ बजे

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक