सीडीओहरुलाई प्रभावकारी समन्वय गर्न मुख्यमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

सीडीओहरुलाई प्रभावकारी समन्वय गर्न मुख्यमन्त्रीको निर्देशन


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई कोरोना भाइरसको संक्रमणविरुद्ध प्रभावकारी समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीले बिहीबार १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडियो कन्फ्रेन्समार्फत जिल्लाको समस्यामा प्रभावकारी समन्वय गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानीपूर्वक काममा खटिन सीडीओहरुलाई सुझाव समेत दिए ।

मुख्यमन्त्री शाहीले भने, ‘घर परिवार भित्रकै जनशक्तिको प्रयोगबाट मौसमी कृषि कार्य गर्न स्थानीयसँग सहजीकरण र कम जनशक्ति एवं मेसिनको प्रयोगबाट हुने विकास निर्माणका कार्यको व्यवस्था मिलाउनोस् ।’

अति समस्यामा रहेका कारण स्थानीय तहको समन्वयमा जिल्ला भित्रिएका मजदूर विद्यार्थीलगायत सबै नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र लकडाउन लम्बिदा हुन सक्ने खाद्य सङ्कटको समाधानमा आवश्यक समन्वय गर्न उनले सीडीओहरुलाई निर्देशन दिए ।

भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री शाहीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका सम्बन्धमा जिल्लामा भइरहेका काम कारवाहीको बारेमासमेत जानकारी लिए ।

कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न र शान्ति सुरक्षा कायम राख्न प्रजिअलाई अहोरात्र खटिन भन्दै उनले जिल्लाको समस्या समाधानमा कर्णाली सरकार सहयोग गर्न तत्पर रहेको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ३० बजे

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक