प्रहरी र विप्लव समूहबीच गोली हानाहान « Khabarhub

प्रहरी र विप्लव समूहबीच गोली हानाहान


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको मंगलबारको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेसँगै मंगलबार नै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताएको कान्तिपुरमा खबर छ ।

उक्त मुद्दामा घुस दिएको आरोपमा नेपाल इन्जिनिरयरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई पनि विपक्षी बनाइएको छ। तर अख्तियारले घुस डिल गरेका पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डीन एवं राजनारायणका भाइ शुभनारायणबारे भने कुनै निर्णय नगरेको स्रोतले जानकारी दिएको छ। अख्तियारले अनुशन्धानको क्रममा बयान लिएर छाडेका न्यौपाने भने फरार छन्।

चन्द समूहका थप २१ पक्राउ, अछाममा गोली हानाहान शीर्षकको अर्को समाचारमा प्रहरीले मंगलबार मात्रै विप्लवसमूहका २१ जना पक्राउ गरेको छ । चितवनबाट २ जना, अछामबाट ४ जना, नवलपरासीबाट १ जना, संखुवासभाबाट १ जना, मकवानपुरबाट १ जना, इलामबाट १ जना, सुनसरीबाट १ जना र कास्कीबाट १ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै विप्लव समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा दोहोरो गोली चलेको छ । रामारोशनमा विप्लव कार्यकर्ता भएको जानकारी पाएपछि गएको प्रहरी गस्तिमाथि विप्लव कार्यकर्ताले पहिले फायर गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : २९ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको