यस्तो सम्झौता जड्याहालेमात्र स्वीकार्ने भन्दै तान्जेनियन राष्ट्रपतिद्वारा चिनियाँ ऋण नलिने घोषणा | Khabarhub Khabarhub

यस्तो सम्झौता जड्याहालेमात्र स्वीकार्ने भन्दै तान्जेनियन राष्ट्रपतिद्वारा चिनियाँ ऋण नलिने घोषणा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एकताका अफ्रिकी राज्यहरुमा चिनियाँ ऋण लिएर विशाल आयोजनाहरु निर्माण गर्ने ‘ट्रेण्ड’नै चलेको थियो । तर अफ्रिकी अर्थविद्हरुले ती विशाल आयोजनाले अपेक्षा गरेको जस्तै कमाउन नसक्ने निक्र्यौल निकालेपछि ती राज्यहरुले चीनको शर्तमा ऋण तिर्न असम्भव रहेको निश्कर्षमा पुगेका छन् ।

चिनियाँ ऋणले राज्यलाई भन्दा सम्झौताका क्रममा कमिशन खाएका केही राजनीतिज्ञ तथा उच्च पदस्थ कर्मचारीहरुलाई मात्र फाईदा पुग्ने भएपछि अफ्रिकी समाजिक अगुवाहरुले पनि त्यसको विरोध गर्न थाले ।

त्यसमाथि ऋण तिर्न नसक्दा चीनले ती आयोजना कब्जामा लिने सम्झौता उजागर भएपछि जनस्तरबाटै विरोधका आवाज उठ्न थाले ।

त्यहीँ बुझेर तान्जेनियाले भर्खरै चीनसँगको ऋण सम्भौता खारेज गरेको छ । चीनको प्रस्ताव जड्याहाँले मात्र स्वीकार गर्न सक्ने टिप्पणी गर्दै तान्जेनियाका राष्ट्रपति मागुफुलिले सम्झौता खारेज गरेका हुन् ।

यसअघिको सरकारले चीनसँग एक वन्दरगाह निर्माण गर्न १० विलियन अमेरिकी डलर ऋण लिने सम्झौता गरेको थियो । सम्झौतामा ऋण असुल गर्न बन्दरगाह चीनले ९९ बर्षसम्म निर्वाद्ध प्रयोग गर्न पाउने शर्त राखिएको थियो ।

मागुफुलिको सत्ता आएपछि ९९ बर्षको सभ्झौतालाई घटाएर तान्जानियाले ३३ बर्ष बनाउन चीनसमक्ष प्रस्ताव राख्यो । चीनले तान्जेनियाको प्रस्ताव नमानेपछि मागुफुलिले अन्ततः सो १० विलियन अमेरिकी डलरको ऋण सम्झौता खारेज गरेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : २६ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक