संविधानविद् डा. आचार्यले लेखे- सत्ता उन्मादको पराकाष्ठा, अति गरे अनिष्ट हुन सक्छ | Khabarhub Khabarhub

संविधानविद् डा. आचार्यले लेखे- सत्ता उन्मादको पराकाष्ठा, अति गरे अनिष्ट हुन सक्छ


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याईएको प्रकरणबारे कडा टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीका लागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो भन्ने तर्क गरेका छन् । तर, यो घटना शक्ति निर्देशित र सत्ता संरक्षित भएकोले प्रहरीले चासो नलिएको बताएको उनको भनाइ छ ।

उनले सांसद यादवलाई नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ, र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद डाक्टर यादवलाई काठमाडौं ल्याएको घट्नाबारे यस्तो टिप्पणी गरेका छन्-

“यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीका लागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो । शक्ति निर्देशित र सत्ता संरक्षित घटना भएकाले प्रहरीले चासो लिने कुरा भएन। सत्ता उन्माद र शक्ति दुरूपयोगको यो पराकाष्ठा हो। अति गरेपछि अनिष्ट हुन सक्छ, समय मै होस पुर्‍याउँ।”

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : ४८ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।