बेलायतमा कोरोना भाइरसले थप तीन नेपालीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसले थप तीन नेपालीको मृत्यु


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीको मृत्यु भएको छ ।

बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारका क्रममा ३२ बर्षीया नेपाली युवतीको मृत्यु भएको छ ।

मिर्गौला सम्बन्धी रोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो । खोटाङको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी उनी पछिल्लो समय धरान १७ मा बस्दै आएकी थिइन् ।

कोरोना भाइरसकै संक्रमणले बेलायतको रेडिंगमा बस्दै आएका एक ६५ बर्षीय बृद्धको पनि मृत्यु भएको छ । झापाको खुदुनाबारी स्थायी घर भएका उनी सन् २००६ देखि बेलायतमा बस्दै आएका थिए ।

यस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय अर्का नेपालीको पनि मृत्यु भएको छ । उनको स्थायी घर भैरहवा भएको बताइएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : १० बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया