चीनले कोरोनाबाट मृत्यु भएकाको बास्तविक संख्या सार्वजनिक नगरेको आरोप « Khabarhub

चीनले कोरोनाबाट मृत्यु भएकाको बास्तविक संख्या सार्वजनिक नगरेको आरोप


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले कोरोना भाइरसले मृत्यु भएका मानिसहरुको संख्या संसोधन गरे पनि त्यसमा समेत सत्यता नरहेको अमेरिका तथा युरोपेली अधिकारीहरुले दावी गरेका छन् ।

चीनले संसोधन गर्दै मृतकको संख्या ४ हजार ६ सय पुर्‍याए पनि त्यो संख्या पनि अझै वास्तविक भन्दा कम भएको अमेरिका तथा युरोपका सुरक्षा अधिकारीले आरोप लगाएका छन् ।

चीनले पछिल्लो समय कोभिड १९ बाट निधन हुनेको संख्या दैनिक रुपमा अति कम रहेको आधिकारिक तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

पछिल्लो केही दिनयता त आफ्नो मुलुकमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको चीनले जनाएको छ । तर चीनको सूचना प्रणाली पारदर्शी नरहेकाले त्यसमा विश्वास गर्ने आधार नरहेको भन्दै  सुरक्षा अधिकारीले चिन्ता जनाएका छन् ।

अप्रिल १७ मा कोरोना भाइरसको उद्गम थलो चीनको वुहान शहरमा कोरोना भाइरसले मृत्यु भएकाको संख्या अध्यावधिक गरिएको थियो ।

तथ्यांक अध्यावधिक गर्दा सो दिन मृत्यु हुनेको संख्यामा १२ सय ९० थपिएका थिए । अर्थात वुहानमा मृत्यु हुनेको संख्या ५० प्रतिशतले बढाइएको थियो । उक्त अद्यावधिक संख्यासँगै चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ३० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी