चीनले कोरोनाबाट मृत्यु भएकाको बास्तविक संख्या सार्वजनिक नगरेको आरोप | Khabarhub Khabarhub

चीनले कोरोनाबाट मृत्यु भएकाको बास्तविक संख्या सार्वजनिक नगरेको आरोप


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले कोरोना भाइरसले मृत्यु भएका मानिसहरुको संख्या संसोधन गरे पनि त्यसमा समेत सत्यता नरहेको अमेरिका तथा युरोपेली अधिकारीहरुले दावी गरेका छन् ।

चीनले संसोधन गर्दै मृतकको संख्या ४ हजार ६ सय पुर्‍याए पनि त्यो संख्या पनि अझै वास्तविक भन्दा कम भएको अमेरिका तथा युरोपका सुरक्षा अधिकारीले आरोप लगाएका छन् ।

चीनले पछिल्लो समय कोभिड १९ बाट निधन हुनेको संख्या दैनिक रुपमा अति कम रहेको आधिकारिक तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

पछिल्लो केही दिनयता त आफ्नो मुलुकमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको चीनले जनाएको छ । तर चीनको सूचना प्रणाली पारदर्शी नरहेकाले त्यसमा विश्वास गर्ने आधार नरहेको भन्दै  सुरक्षा अधिकारीले चिन्ता जनाएका छन् ।

अप्रिल १७ मा कोरोना भाइरसको उद्गम थलो चीनको वुहान शहरमा कोरोना भाइरसले मृत्यु भएकाको संख्या अध्यावधिक गरिएको थियो ।

तथ्यांक अध्यावधिक गर्दा सो दिन मृत्यु हुनेको संख्यामा १२ सय ९० थपिएका थिए । अर्थात वुहानमा मृत्यु हुनेको संख्या ५० प्रतिशतले बढाइएको थियो । उक्त अद्यावधिक संख्यासँगै चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ३० बजे

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद