उत्तर कोरियाका नेता किम गम्भीर विरामी नभएको ट्रम्पको दावी « Khabarhub

उत्तर कोरियाका नेता किम गम्भीर विरामी नभएको ट्रम्पको दावी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उन गम्भीररूपमा अस्वस्थ भएको सूचनामा सत्यता नरहेको बताएका छन् ।

ट्रम्पले कोरोना भाइरस सम्बन्धी नियमित टास्क फोर्स ब्रिफ्रिङका क्रममा किम जोङ उन गम्भीर बिरामी भएको समाचार असत्य भएको दावी गरेका हुन् ।

‘उनी बिरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उनी बिरामी भएका विवरण अरु असत्य हुन्’, ट्रम्पले भने,  ‘मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन । मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।’

राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोङ उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण समेत गरे ।

यसअघि ट्रम्पले गत मङ्गलबार किम गम्भीर विरामी भएको सूचना आएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएका थिए ।

नेता किम यही अप्रिल १५ तारिखमा आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएको समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ५८ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन