कांग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक « Khabarhub

कांग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय राष्ट्रिय कांग्रेसले महाराष्ट्रमा पहिलो २ चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ । पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सूचीमा कांग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम नाबी आजाद र सुशील कुमार शिन्देलगायत छन् । तोकिएका नेताहरुले ती निर्वाचन क्षेत्रका लागि पार्टीबाट उठाइएका उम्मेदवारलाई जिताउन प्रयास गर्ने पार्टीले जनाएको छ ।

महाराष्ट्रमा ४८ सिटका लागि निर्वाचन हुन लागेको छ । सात चरणमा हुने लोकसभा निर्वाचन यही अप्रिल ११ देखि शुरु हुन लागेको छ । निर्वाचन मे १९ सम्म चल्नेछ ।

महाराष्ट्रमा भने अप्रिल ११ देखि शुरु भई पहिलो चार चरणमा निर्वाचन हुनेछ । निर्वाचनको नतिजा भने मे २३ मा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : ४८ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै