चिनियाँ टोली किमको उपचारमा उत्तर कोरिया पुगेको आशंका « Khabarhub

चिनियाँ टोली किमको उपचारमा उत्तर कोरिया पुगेको आशंका


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उन गम्भीर बिरामी भएको खबरमा सत्यता नरहेको बताइरहँदा किमको उपचारमा चिनियाँ चिकित्सकको टोली उत्तर कोरिया गएको आशंका गरिएको छ ।

उनको स्वास्थ्य परामर्शका लागि चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा चिकित्सकहरुको टोली बिहीबार त्यसतर्फ गएको रोयटर्सले दावी गर्दै सामाचार प्रकाशित गरेको छ ।

यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। उक्त समाचारमा यसबारे चिनियाँ विदेशमन्त्रीले बोल्न इन्कार गरेका छन्। पछिल्लो समय नेता किमको स्वास्थ्य स्थिति गम्भीर भएको समाचार आइरहेका छन् ।

एक उत्तर कोरियाली अनलाईनकाअनुसार उनी बिस्तारै निको हुन थालेका छन् । तर कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने उनको अवस्था चिन्ताजनक रहेको समाचार सार्वजनिक गरिरहेका छन्।

किम विरामी परेकै कारण यही अप्रिल १५ मा आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा समेत सह्रिक नभएको बताइँदै आएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : १५ बजे

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी