कोरोना भाइरसको स्वतन्त्र जाँच गर्न युरोप र अमेरिकाको प्रस्ताव चीनद्वारा अस्वीकार « Khabarhub

कोरोना भाइरसको स्वतन्त्र जाँच गर्न युरोप र अमेरिकाको प्रस्ताव चीनद्वारा अस्वीकार


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोप र अमेरिकाले गरेको कोरोनाभाइरस उत्पत्ति सम्बन्धी स्वतन्त्र जाँचको मागलाई चीनले अस्वीकार गरेको छ। यस्तो माग राजनीति प्रेरित रहेको चीनले जनाएको छ।

बेलायतमा रहेका उच्च तहका चिनियाँ कूटनीतिज्ञले कोरोना भाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्न यस्तो माग गरिएको बताएका छन् । उनले यो मागलाई राजनीति प्रेरित भन्दै खारेज गरिदिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले यो भाइरसले चीनले फैलाएको आरोप लगाउँदै आएको छ। चीनलाई कोरोनाभाइरस सम्बन्धि सूचनासमेत लुकाएको आरोप लागेको छ। तर, चीनले भने आफ्नो देश आएका अमेरिकी सैनिकले भाइरस फैलाएको दाबी गरेको छ।

युरोपेली युनियनले पनि चीनले कोरोनाभाइरस सम्बन्धी सही सूचना दिन नचाएको आरोप लगाएको छ। केही दिनअघि प्रकाशित रिपोर्टमा यस्तो आरोप लगाइएको हो।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित पशुपक्षीको मासु बेच्ने पसलबाट भाइरस फैलिएको चीनले नै पुष्टि गरिसकेको छ। त्यसको केही समयपछि नै चीनले उक्त मासु पसल बन्द गराएको थियो।

चीनमा अहिले कोरोनाभाइरस संक्रमण नियन्त्रित अवस्थामा छ। तर, अमेरिका र युरोपका बेलायत, स्पेन, इटाली, फ्रान्स, टर्की, बेल्जियम लगायत देशमा भने नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ४२ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर