कोरोना भाइरसको स्वतन्त्र जाँच गर्न युरोप र अमेरिकाको प्रस्ताव चीनद्वारा अस्वीकार | Khabarhub Khabarhub

कोरोना भाइरसको स्वतन्त्र जाँच गर्न युरोप र अमेरिकाको प्रस्ताव चीनद्वारा अस्वीकार


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोप र अमेरिकाले गरेको कोरोनाभाइरस उत्पत्ति सम्बन्धी स्वतन्त्र जाँचको मागलाई चीनले अस्वीकार गरेको छ। यस्तो माग राजनीति प्रेरित रहेको चीनले जनाएको छ।

बेलायतमा रहेका उच्च तहका चिनियाँ कूटनीतिज्ञले कोरोना भाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्न यस्तो माग गरिएको बताएका छन् । उनले यो मागलाई राजनीति प्रेरित भन्दै खारेज गरिदिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले यो भाइरसले चीनले फैलाएको आरोप लगाउँदै आएको छ। चीनलाई कोरोनाभाइरस सम्बन्धि सूचनासमेत लुकाएको आरोप लागेको छ। तर, चीनले भने आफ्नो देश आएका अमेरिकी सैनिकले भाइरस फैलाएको दाबी गरेको छ।

युरोपेली युनियनले पनि चीनले कोरोनाभाइरस सम्बन्धी सही सूचना दिन नचाएको आरोप लगाएको छ। केही दिनअघि प्रकाशित रिपोर्टमा यस्तो आरोप लगाइएको हो।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित पशुपक्षीको मासु बेच्ने पसलबाट भाइरस फैलिएको चीनले नै पुष्टि गरिसकेको छ। त्यसको केही समयपछि नै चीनले उक्त मासु पसल बन्द गराएको थियो।

चीनमा अहिले कोरोनाभाइरस संक्रमण नियन्त्रित अवस्थामा छ। तर, अमेरिका र युरोपका बेलायत, स्पेन, इटाली, फ्रान्स, टर्की, बेल्जियम लगायत देशमा भने नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ४२ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता