कोरोना भाइरस : ८ लाख ३६ हजारभन्दा बढी उपचारपछि घर फर्किए | Khabarhub Khabarhub

कोरोना भाइरस : ८ लाख ३६ हजारभन्दा बढी उपचारपछि घर फर्किए


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ८ लाख ३६ हजार भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ६ लाख ३३ हजार ६८९ ले बढी छ ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार युरोपमा ४ लाख ७ हजार ४९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख २० हजार ११८ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ३२५ जना निको भएका छन् । ती मुलुकहरुमा ५८ हजार ७०३ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख २० हजार ७७२ जना कोरोना संक्रमित निको भएका छन् । एसियाली मुलुकमा १६ हजार ९५३ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ९२४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ६ हजार २० जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका ३१ हजार १०२ जनामध्ये ९ हजार ५३० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलिया तथा ओसिनिया मुलुकहरुमा अहिलेसम्म १०१ जनाको मृत्यु भएको छ भने ६ हजार ७३३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : २७ बजे

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

काठमाडौं – स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित

जेलमा रहेका रविको पक्षमा २४ लाख ५७ हजारको हस्ताक्षर

काठमाडौं- भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको पहिलो