मृगको मासु र भरुवा बन्दुकसहित दुई पक्राउ « Khabarhub

मृगको मासु र भरुवा बन्दुकसहित दुई पक्राउ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ । शनिबार समातिएका सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय हीराबहादुर गुरुङ र ३४ वर्षीय टपीन्द्रबहादुर गुरुङलाई घरेलु हतियारसहित पक्राउ गरिएको थियो । जङ्गली जनावर मारेको भनी जानकारी प्राप्त हुनासाथ सो इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जनाकारी दिए ।

उनका अनुसार खानतलासी गर्दा टपीन्द्रको भान्साघरमा मृगको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारिएको हो । त्यसैगरी गुरुङको घरको पूजाघरमा दुई नाल भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ ।

समातिएका उनीहरुलाई रीतपूर्वक पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इप्रका बाह्रबिसेको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ११ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै