सीमावर्ती भारतीय क्षेत्रमा २ सय भन्दा बढी नेपाली स्वदेश फर्कने आसमा « Khabarhub

सीमावर्ती भारतीय क्षेत्रमा २ सय भन्दा बढी नेपाली स्वदेश फर्कने आसमा


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् ।

झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

“कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्”, सभापति ढकालले भने , “स्वदेश आउनका लागि १५० ले नाम टिपाएका छन्, अरु ५०/६० जना रहेको जानकारी आएको छ ।” उनीहरुलाई स्वदेशमा ल्याउन पहल भइरहेकाले पूर्वतयारी भइरहेको उनले बताए ।

उनीहरुलाई स्वदेश प्रवेशपछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण शुरु गरिएको छ । मेची क्याम्पसको साइन्स ब्लक र बीएससीएचआटीको भवनमा करिब २०० श्ययाको क्वारेन्टाइन बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

“सीमा क्षेत्रमा नेपाली रहेका छन्, उनीहरुलाई ल्याउने पहल भइरहेको छ”, उनले भने , “त्यसका लागि पूर्वतयारीअनुरुप क्वारेन्टाइन बनाउन लागिएको हो ।” एक सय श्ययाको क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री तयार रहेको सभापति ढकालले बताउनुभयो । उनीहरु नेपाल आएपछि क्वारेटाइनमा राखेर कोरोना परीक्षणपछि घर जान दिइने सभापति ढकाल बताउँछन् ।

यता झापामा हालसम्म ७९४ को द्रुत परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये १०८ जनाको स्वाब, आरडिटी ७६१, पिसीआर १०८, आरडिटी र पिसीआर दुवै ७५ जनाको गरिएको छ । चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ भने ७५७ को आरडिटी नेगेटिभ आएको छ ।

यस्तै १०० जनाको पिसीआर नेगेटिभ आएको छ भने सात जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । झापाका १५ स्थानीय तहले २७ स्थानमा ७९२ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा हाल २०३ रहेका छन् भने २८७ क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : १९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु