मलामी गएका मेयरमाथि युवासंघका जिल्ला संयोजको समूहद्वारा आक्रमण | Khabarhub Khabarhub

मलामी गएका मेयरमाथि युवासंघका जिल्ला संयोजको समूहद्वारा आक्रमण


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो ।

साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासङ्घ नेपाल जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनले शाही र उनका भाइहरुको समूहले नगरप्रमुख घर्तीमाथि ढुङ्गा र मुक्का प्रहार गरेर आक्रमण गरेको बताए । नगरप्रमुख घर्ती नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश समिति सदस्यसमेत हुन् ।

नगरप्रमुखले योजना दिँदा शाही समूहले नपाएको र आफूमाथि अन्याय गरेको गुनासो गर्ने क्रममा विवाद भएको बताइएको छ । नेकपा कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै दोषीमाथि कारवाहीको माग गर्दै युवासङ्घ केन्द्रीय समितिले शाहीलाई निलम्बन गर्नसमेत माग गरेको छ । नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : ०१ बजे

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन