शिक्षक महासंघमा विधानको विवाद « Khabarhub

शिक्षक महासंघमा विधानको विवाद


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परिषद् बैठकबाट पारित विधानलाई लिएर नेपाल शिक्षक महासंघको एक घटक संस्थाले असन्तुष्टि जनाएको छ ।

महासंघको राष्ट्रिय कार्यसमितिको कार्यकाल २ बाट बढाएर ४ वर्ष बनाउने गरी भएको संशोधनमा १४ घटक मध्ये एक घटक नेपाल शिक्षक संघले असन्तुष्टि जनाएको हो ।

गत असोज ४ र ५ गते सम्पन्न राष्ट्रिय परिषद् बैठकको कार्यादेशअनुसार सेवानिवृत्त शिक्षकलाई पनि महासंघको पदाधिकारीको बाँकी कार्यकाल पूरा गर्न मिल्ने गरी अवधि बढाउने निर्णय भएको विधान मस्यौदा समितिका संयोजक सहअध्यक्ष पूर्णप्रसाद दवाडीले बताए । परिषद्ले तोकेनुसार कार्यालयीय पदाधिकारी र घटकीय संस्थाका महासचिवसहितको बैठकले संशोधनलाई अन्तिमरुप दिई प्रकाशनको निर्णय गरेको संयोजक दवाडीको भनाइ छ । वर्तमान अध्यक्ष बाबुराम थापा नेतृत्वको राष्ट्रिय कार्यसमितिको कार्यकाल २ वर्ष २ महिना भएको छ ।

सो निर्णयमा असन्तुष्ट संघका अध्यक्ष राजेन्द्रराज पौडेलले कार्यालयीय पदाधिकारी र घटकीय नेतृत्वको बैठकमा अवधि थप्ने प्रस्ताव सर्वसम्मत नभएको जनाउँदै संशोधित विधान मान्य नहुने प्रतिक्रिया दिए । उनले विधानलाई अन्तिमरुप दिन गत मङ्सिर ३० गते बोलाइएको बैठकमा गणपूरक उपस्थिति नभएको जिकिर गरे । महासंघमा अध्यक्ष थापा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र महासचिव लक्ष्मीकिशोर सुवेदी संघका प्रतिनिधि हुन् ।

अध्यक्ष थापाले संघभित्रको आन्तरिक कलहको प्रभाव महासंघमा पार्न खोजिएको उल्लेख गर्दै पारित विधान नमान्ने पदाधिकारीलाई विधानबमोजिम स्पष्टीकरण सोध्न सकिने बताए ।

थापाले भने ‘विधान संशोधनमा प्रक्रिया नपुगेको भन्ने साथीहरु मुद्धामा जान सक्नुहुन्छ । महासंघले आफ्नो विधिसम्मत् निर्णयको आधार स्पष्ट पार्ने नै छ ।’
तत्कालीन नेपल शिक्षक युनियन विसं २०७१ चैत २७ मा महासंघमा रुपान्तरण भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : ३९ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार