फुटबल मैदान क्वारेन्टाइनमा परिणत « Khabarhub

फुटबल मैदान क्वारेन्टाइनमा परिणत


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– इन्डियन सुपर लिग क्लब जमशेदपुर एफसीको घरेलु मैदानलाई क्वारेन्टाइनमा परिणत गरिएको छ ।

क्लब सञ्चालक रहेको टाटा स्टील लिमिटेडद्वारा संचालित जेडीआर टाटा स्पोर्ट्स कम्प्लेक्सलाई कोरोना भाइरसबाट पीडीत मजदुरहरु बस्नका लागि क्वारेन्टाइनमा परिणत गरिएको ह‍ो ।

क्लब र रंगशाला दुवै टाटा स्टीलको हो भने प्रदेश सरकारसँग मिलेर जनतालाई आवश्यक परेका कारण त्यसलाई क्वारेन्टाइन बनाइएको हो ।

जमशेदपुर एक औधोगिक क्षेत्रमा पर्छ । त्यहाँ घर भएका छिमेकी शहरमा काम गरि फर्केका मजदुरहरुलाई त्यहाँ राखिएको समाचारहरुमा जनाइएको छ ।

भारतमा राष्ट्रव्यापी लकडाउन चलिरहँदा टाटा स्टिलले समस्यामा परेका मजदुरहरु बस्नका मैदानलाई क्वारेन्टाइन बनाएको हो ।

क्वारेन्टाइनमा रहेका मजदुरहरुका लागि अस्थायी विछ्यौना, खानेकुरा र सामाजिक दुरी कायम गर्ने गरे व्यवस्थित गरिएको बताइएको छ ।

जश्मदपुर रंगशालामा फुटबल रंगशालामा एथलेटिक्स ट्र्याक, पौडी पोखरी, फिल्ड हकी, बास्केटबल कोर्ट आदि खेल मैदान पनि छन् ।

कोरोना भाइरसका कारण खेल गतिविधि बन्द भएका बेला उक्त रंगशालालाई क्वारेन्टाइन बनाइएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ३७ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको