ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश « Khabarhub

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीलाई पक्राउ गरिनुको कारण २४ घण्टाभित्र पेश गर्न आदेश जारी गरेको छ ।

ज्ञानेन्द्र शाहीका तर्फबाट अधिवक्ता ईन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रयास फुयालको आइतबारको इजालाशले शाहीलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेश गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर समेतका नाममा आदेश जारी गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले गत मंगलबार शाहीलाई पक्राउ गरेको थियो । लकडाउन उल्लंघन गरेको तथा प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्याद थप गरी अहिले प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ४३ बजे

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म